६ चैत्र २०८० मंगलबार
समाज

भारतद्वारा अतिक्रमित नेपाली जमिन फिर्ता गराइने

नेपाल भारतको संयुक्त सर्वे टोलीले जिपिएस प्रविधिबाट नाँपजाँच गर्दा भारतीय पक्षद्वारा अतिक्रमण गरिएको करिव २००मिटर दशगज्जा क्षेत्रको जमिन आवश्यक प्रक्रिया पूरा गरेर फिर्ता गराइने रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन्।नेपाल र भारत दुवै तिरको संयुक्त प्राविधिक टोलीले सीमामा रहेका जंगेपिलरहरुको नापजाँच गर्दा नेपालतर्फको जमिन मिचिएको र जमिन मिचेर भारतीय पक्षले एकतर्फी रुपमा तटबन्ध निर्माण गरेको प्रमाणि भएको छ।  

संयुक्त प्राविधिक टोलीले नापजाँच गर्दै ११ ठाउँमा अस्थायी पिलरको रुपमा जिआई पाइप गाडेर ढलान गरेको छ। वर्षाको समय सकिएपछि माथिको निर्देशन अनुसार अतिक्रमित भूमि खाली गराइने आश्वासन भारतीय पक्षले दिएको प्रजिअ घिमिरेले जानकारी गराएका छन्। स्थानीय बासिन्दाहरुको निकै प्रयासपछि भारतीय टोलीको अनुराग कुमार र नेपाली टोलीको उमेश कुमारसहितको प्राविधिक टोलीले जिपिएस प्रविधिबाट नक्साको पहिचान गरेर सिमा क्षेत्रको ११ स्थानमा अस्थायी रुपमा पिलर गाडीएको बताइएको छ। ज्वाइन्ट टोलीसंँग सशस्त्र प्रहरीको विओपी औरैयाका इन्सपेक्टर हरीप्रसाद केसी, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक सुरेशप्रसाद गुप्ता र भारत मोतिहारी ढाकाको एसडिएम ज्ञानप्रकाश, एएसडिएम संजय कुमारको ज्वान्ट टोलीले नापजाँच गरिएर जिआई पाइप गाडेर रेखाँक्न गरेका हुन्।  

विवादित रहेको पिलर नम्वर ३४६/५ देखि ३४६/७ को विचमा ३ वटा अस्थायी पिलर र ३४६/६ देखि ३४६/७ सम्म ८ वटा अस्थायी रुपमा साँकेतिक चिन्ह खडा गरिदा करिव २०० मिटरसम्म दशगज्जा क्षेत्रलाई मिचेर बाँध भारतीय पक्षद्धारा बनाइएको पाइएपछि माथिल्लो स्तरको निर्णयपछि बर्षा सिजन सकेपश्चात अतिक्रमित क्षेत्र खाली हुने बताइएको छ।  

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीयहरुको अवस्थालाई मध्यनजर राख्दै निकै प्रयास तथा काउण्टर पार्टस संगको सहकार्यको कारण बन्जरहादेखि दक्षिण दशगज्जामा एकतर्फी रुपमा भरतीय सरकारद्धारा निर्माण गरिएको बाँधको सन्दर्भमा दुवै देशका सर्वेयर टोलीद्धारा सिमा छुट्याइएको बताएका छन्। भारतीय पक्षको नेतृत्व गरेका ढाकाको एसडिएम ज्ञानप्रकाशले दशगज्जाको दयाँबाँया ९ मिटर भित्रमा पर्ने बाँधलाई तुरुन्तै हटाउने कुरा स्वीकार गरेको भएपनि समय सिमा नतोकेको बताएका छन्।

भारतीय पक्षद्धारा करिव २०० मिटर सिमा क्षेत्र अतिक्रमण भएको स्वीकार गर्दै चाँडै खाली गराउने प्रतिबद्धता जनाएको हुँदा सोही अनुरुप नेपाली सुरक्षाकर्मीहरुलाई समय समयमा उनीहरुसंग सिधा सम्पर्कमा रहेर अविलम्ब सिमाको अतिक्रमण हटाउनेतर्फ यथोचित कदम चाल्न निर्देशन दिएको जानकारी पनि प्रजिअ घिमिरेले गराएका छन्।उता बन्जरहाबासी चाहिँ बाढी आउनुभन्दा पहिले नै अतिक्रमित भूमि फिर्ता भए आफूहरु बाढीबाट जोगिने आश गरेका छन्। दशकौँदेखिको आफूहरुको कुरा सरकारले नसुनेको तर अहिले आएर केही सम्बोधन भएकोमा स्थानीय खुसी भएका छन्।  

६२वर्षीय  स्थानीय राजेन्द्र सिंहले बन्जरहा गाउँ देखि पूर्वमा रहेको लाल बकैया नदीमा भारतीय सरकारको लगानीमा निर्माण भईरहेको उत्तर दक्षिण बाँधको समयमा भारतीय क्षेत्रलाई जोगाउनका लागि करिव २० बर्ष अघि उक्त बाँध देखि दिएर करिव दुई किलोमिटर पश्चिम सम्म एकतर्फी रुपमा बाँध बनाएपछि मात्रै बन्जरहा गाउँ डुवानमा परेको बताए। यत्रो समय देखि बाँधको कारण अनाहकमा बन्जरहा गाउँ प्रत्येक बर्ष बर्षा यममा डुवानमा परेर करिव तिन महिना सम्म गाउँ भन्दा बाहिर निस्कने अवस्था नरहेको उनले गुनासो गरेका छन्।

हरेक बर्ष भारतीय पक्षद्धारा दशगज्जामा बनाइएको बाँधलाई स्तरवृद्धि गरेर मर्मत गर्ने गरेको हुँदा हामीहरु झन् असुरक्षित हुदै गएको भए पनि हाम्रो सरकारबाट आफनो नागरिकलाई सुरक्षीत रख्न कुनै ठोस पहल नगर्दा यहाँका जनताहरु बर्षेणी बाढी र डुवानबाट लाखौ क्षति बेहोर्न बाध्य रहेको समेत सिंहके भनाइ छ। तर अब समस्या समाधान हुने सिंहले आफूहरुले विश्वास लिएको बताउँछन्।

प्रकाशित: २१ असार २०७७ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App