२८ श्रावण २०७७ बुधबार
समाज

काठमाडौंमा ‘सँगै बसेर रक्सी पिएपश्चात् सामूहिक बलात्कार’

प्रतिकात्मक तस्बिर

काठमाडौंमा बलात्कार आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।  

सामूहिक बलात्कार आरोपमा प्रहरीले दोलखाको गौरीशंकर गाउँपालिका–४ घर भई काठमाडौंको गोकर्णेश्वर–४ मा बस्ने २७ वर्षीय पासाङ शेर्पा र सिन्धुपाल्चोक घर भई कागेश्वरी मनोहरा–६ बस्ने २८ वर्षीय भुवन विष्टलाई पक्राउ गरेको हो।  

२९ वर्षीया महिलाले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएलगत्तै शनिबार राति उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–७, माकलबारीबाट पक्राउ गरिएको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले जनाएको छ।  

पसल सञ्चालक ती महिलाले शनिबार सँगै बसेर मदिरा पिएपछि नसालु पदार्थ समेत दिएर दुई जनाले आफूलाई बलात्कार गरेको बताएकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २१ असार २०७७ १६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App