६ वैशाख २०८१ बिहीबार
समाज

सबै वडामा स्वास्थ्यचौकी बनाउँदै राप्ती

पूर्वी चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्यचौकी निर्माण शुरु गरेको छ। नगरपालिकाको एक वडा एक स्वास्थ्यचौकी बनाउने नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी नभएका सात वटा वडामा निर्माणका लागि काम शुरु गरिएको हो।

नगरपालिका प्रमुख प्रभा बरालका अनुसार वडा नं १, ३, ४, ६, ७, ८ र ११ मा स्वास्थ्यचौकी निर्माणको कामलाई तीव्र बनाइएको हो। वडा नं ३ र ७ मा स्वास्थ्यचौकी शिलान्यासको भइसकेको र अन्य वडामा  दिन जुराएर शिलान्यास गरिने उनले बताए। चौँसठ्ठी हजार जनसङ्ख्या रहेको सो नगरपालिकामा १३ वटा वडा छन्।

स्वास्थ्यचौकी निर्माणका लागि जनसङ्ख्याका आधारमा बजेट विनियोजन गरिएको छ। जनसङ्ख्या सात हजारभन्दा बढी भएको वडामा ६४ लाख रुपैयाँ र थोरै भएका ठाउँमा ३४ लाख रुपैयाँका लागतमा स्वास्थ्यचौकी निर्माण गरिने बताइएको छ।  

सो नगरपालिकाको वडा नं ५ भण्डारामा १५ श्ययाको अस्पताल र वडा नं १० मा सामुदायिक स्वास्थ्य एकाइ छन् । मकवानपुरको मनहरि गाउँपालिकासँग सीमा जोडिएको सो नगरपालिकाका चार वटा वडा पहाडमा पर्छन्। ती वडामध्ये दुई वटामा चेपाङको बाहुल्य छ।

प्रकाशित: २१ असार २०७७ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App