coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धेरै स्थानमा हल्का/मध्यम र केही ठाउँमा ठूलो वर्षाको सम्भावना

फाइल तस्बिर

आज आइतबार पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ।  

महाशाखाका अनुसार आज दिउँसो देशभरका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेशहरू १, २, गण्डकी र ५ का एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ। यस्तै राति पनि देशका केही स्थानमा वर्षा जारी रहने तथा प्रदेशहरू १, बागमती, गण्डकी र ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।  

आइतबार बिहान ६ बजे जारी बुलेटिनमा २४ घण्टे चेतावनी दिँदै महाशाखाले वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा यातायातमा अवरोधको जोखिमसमेत रहेकाले होसियारी अपनाउन आग्रह गरेको छ। 

   

प्रकाशित: २१ असार २०७७ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App