६ वैशाख २०८१ बिहीबार
समाज

ढलकाे पानीमा काेराेना, समुदायमा फैलने त्रास

चार दिनमा संक्रमितभन्दा डिस्चार्ज हुने बढी

‘संक्रमित शवबाट काेराेना सर्दैन’

पछिल्ला ४ दिनको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी देखिएको छ। पछिल्ला ४ दिनमा ३ हजार २ सय २१ डिस्चार्ज भएका छन्। शनिबार २ सय ७२ जना डिस्चार्ज भएका छन् भने शुक्रबार ८ सय २३ जना, बिहीबार ६ सय ६४ जना र बुधबार १ हजार ४सय ६२ जना गरी ३ हजार २ सय २१ जना डिस्चार्ज भएका हुन्।

यस्तै, पछिल्ला ४ दिनमा १ हजार ४ सय २७ जना संक्रमित थपिएका छन्। बुधबार चार सय ८२ जना, बिहीबार ४ सय ६५ जना र शुक्रबार ७ सय ४० जना थपिएका थिए। शनिबार २ सय ३२ जना थपिएसँगै जम्मा संक्रमितको संख्या १५ हजार ४ सय १९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखा पालुङटारका १ जना र रूपन्देहीका एक जनाको कारोनाका कारण मृत्यु भएको हो। मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार–७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो। उनी असार १७ गते कतारबाट आएका थिए। कतारबाट फर्केलगत्तै पालुङटारकै क्वारेन्टिनमा बसेका थिए। १८ गते स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा शुक्रबार पोजेटिभ देखिएको थियो। उनी मधुमेहका दिर्घरोगी रहेको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो।  

त्यस्तै रूपन्देही देवदहका ७५ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको उनले बताए। उनी क्षयरोगका बिरामी थिए। त्रिवि शिक्षण अस्पतालमा उनी उपचाररत थिए। उपचारकै क्रममा उनको असार १८ गते मृत्यु भएको हो। सोही दिन मात्रै उनमा कोरोना पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

मन्त्रालयका अनुसार शनिबार अछामका ३७ जना, सप्तरीका ३६, सिरहाका २१, पाल्पाका १९, सर्लाहीका १६, धनुषाका १५, सिन्धुपाल्चोकका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै गुल्मीका ९ जना, प्युठान ८, नवलपुर ७, चितवन, मोरङ र कञ्चनपुर ६/६, बाँके र झापा ५/५, नवलपरासी र रूपन्देही ४/४, डडेलधुरा, बागलुङ, म्याग्दी र डोटि ३/३, रोल्पाका २ जना र इलाम, तनहुँ, स्याङजा र दैलेखका एक/एकजनामा संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म प्रदेश २ का रौतहट, महोत्तरी र सलार्ही, प्रदेश ५ का कपिलवस्तु, पाल्पा र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिम प्रदेशको कैलाली, अछाम, डोटी र बाजुरा जिल्लामा ५ सय भन्दा बढी संक्रमित देखिएका छन्।  

रौतहटमा १ हजार १ सय ९७ जना, महोत्तरीमा ७ सय ३४, सर्लाहीमा ६ सय ७४, कपिलवस्तुमा ७ सय ५३, दाङमा ६ सय २६, पाल्पामा ५ सय ३८, दैलेखमा ७ सय ९७, कैलालीमा ८ सय २९, अछाममा ५ सय ८६, डोटीमा ५ सय ५३ र बाजुरामा ५ सय ३९ जना संक्रमित छन्। 

प्रादेशिक तथ्यांकअनुसार प्रदेश २ मा ४ हजार ८३ जना छन् भने सबैभन्दा कम बागमति प्रदेशमा ५ सय २५ जना संक्रमित भेटिएका छन्। 

प्रदेश १ मा ६ सय ८६ जना संक्रमित पुष्टि भएको छ भने हालसम्म ४ सय जना डिस्चार्ज भएर घर फर्केका छन्। त्यस्तै प्रदेश २ मा ४ हजार ८३ जनामा संक्रमण फैलिएको छ भने १ हजार ९ सय ७० जना उपचारपछि निको भएर घर फर्केका छन्। बाग्मती प्रदेशका ५ सय २५ जनामा संक्रमण देखिएकोमा २ सय १९ जना निको भएका छन्।  

त्यस्तै गण्डकी प्रदेश १ हजार १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय १४ जना निको भएका छन्। प्रदेश ५ मा संक्रमितको संख्या ३ हजार ९ सय ४२ जना पुग्दा डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय २५ जना पुगेको छ। कर्णाली प्रदेशमा १ हजार ५ सय ४० जनाका कोरोना पुष्टि भएको छ भने १ हजार १ सय ८६ जना उपचारपछि घर फर्केका छन्। सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ८२ जनाका कोरोना संक्रमण देखिएको छ भने ६ सय ८० जना उपचारपछि घर फर्केका छन्।

‘शवबाट काेराेना सर्दैन’

कोरोना संक्रमणका कारणले मृत्यु भएको व्यक्तिबाट कोरोना नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी गराउँदै आफ्नै रितिरिवाज अनुसार दाहसंस्कार गर्न सकिने बताए ।

‘कोरोना संक्रमण खोक्दा, हछिँयू गर्दा, बोल्दा निस्कने पानीका छिटाबाट सर्ने गर्दछ,’ गौतमले भने,‘ संक्रमणबाट मृत्यु भएको मानिसबाट खोक्ने, हछिँयू गर्ने तथा श्वासप्रश्वास सम्बन्धि कुनै क्रियाकलाप नहुँने भएकोले मृतकबाट कोरोना संक्रमण सर्दैन।’ शवबाट संक्रमण नसर्ने हुँदा सामान्य सावधानी अपनाएर शवको व्यवस्थापन गर्न सकिने उनले बताए। 

ढलकाे पानीमा काेराेना

काठमाडौं उपत्यकामा ढलको पानीमा कोरोना भाइरस पाइएको छ। उपत्यकाको मुख्य चार स्थानको ढलको पानीमा गरिएको एक अध्ययनमा कोरोनाका भाइरसको संक्रमण देखिएको हो।

सेन्टर फर मलिकुलर डायनामिक्स ९सिएमडिएन० नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ निरन्तर अध्ययनले यो तथ्य फेला पारेको जनाइएको छ ।  

अनुसन्त्रानकर्ता डा। दिवेश कर्माचार्यले पछिल्लो १४ दिन भित्रको ढलबाट लिइएको नमुनाको जेनेटिक अध्ययनमा दुई स्थानको ढलमा कोरोना भाइरस देखिएको बताएका छन्। ‘मानिसको दिसामा समेत कोरोना भाइरस रहेको अनुसन्धानले देखाएको कर्माचार्यले जानकारी दिए । 

प्रकाशित: २१ असार २०७७ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App