coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिन्धुमा एकै दिन १२ संक्रमित थपिए

सिन्धुपाल्चोकमा शनिबार एकै दिन तीन बालबालिकासहित १२ संक्रमित थपिएका छन् । पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिकाका सात पुरुष र पाँच महिलामा कोरोना संक्रमण पुष्टि भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए ।  

संक्रमितमध्ये पाँचपोखरी थाङपालका मात्र ११ छन् । पाँचपोखरी–३ का ११ महिनाका बालकसहित १५, २८, २८, ३६, ३६ वर्षका पुरुष तथा चार वर्षीया बालिकासहित २९ र ५० वर्षीया महिलामा संक्रमण देखिएको हो । त्यस्तै संक्रमितमा पाँचपोखरी–५ का १६ वर्षीय बालक, पाँचपोखरी–७ की २३ वर्षीया र पाँचपोखरी–८ की २० वर्षीया महिला छन् । इन्द्रावती–५ का ३७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।  

संक्रमितमध्ये १० भारतबाट र एक÷एक कतार र साउदी अरबबाट फर्किएका हुन् । पाँचपोखरीका संक्रमित तिपेनी र इन्द्रावतीका बाहुनेपाटी क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुलाई मेलम्चीस्थित क्षेत्रीय आइसोलेसन कक्षमा राखेर उपचार गरिने बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँले जनाए ।  

योसँगै जिल्लामा संक्रमितको संख्या ४८ पुगेको छ । संक्रमितमध्ये एक महिलाको भने मृत्यु भइसकेको छ । मुलुकमा कोरोना संक्रमणको कारण ज्यान गुमाउने उनी पहिलो थिइन् । २० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । संक्रमित तीनको काठमाडौं र अरुको जिल्लाका विभिन्न तीन आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रकाशित: २० असार २०७७ १७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App