coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङमा पहिरोको जोखिमः सर्तकता अपनाउन आग्रह

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ८ खोदम्बु क्षेत्रमा झरेको पहिरो । तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ सदरमुकाम फुङ्लिङकै एउटा बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । बस्तीमाथिबाट झरेको पहिरोले फुङलिङ नगरपालिका–८ दोखु खोदम्बुको बस्ती जोखिममा परेको हो । बिहीबार बेलुका घरमाथि पहिरो झरेपछि सो बस्तीका पा“च परिवार घर छोडेर अर्को गाउ“मा बसेका थिए ।  

स्थानीय सूर्यमान तामाङका अनुसार लाखवहादुर मोक्तान, तारा तामाङ, बिर्खबहादुर तामाङ, पञ्चवहादुर सुनुवार र कमल मगरको परिवार पानीट्याङ्की क्षेत्रमा सरेर बसेका हुन् । सो क्षेत्र पहिरोका दृष्टीले कम जोखिम क्षेत्रको रुपमा रहेको त्यहाँ सर्नेहरूको अनुमान छ । पहिरो बीरबहादुर तामाङको घरमाथिसम्म झरेको छ । बस्ती माथिको पहरा फुटेर झर्दा बीचमा रहेको सडकमा ठूलाठूला ढुङ्गा अल्झिएको छ ।  

ढुङ्गा त्यहा“बाट झरे यी पा“चघर तलका अन्य परिवार पनि जोखिममा पर्नेछन् । सडकको माटो कमसल भएकाले ढुङ्गा बस्तीतर्फ झर्ने जोखिम पनि उत्तिकै छ । करिव एकसय मिटर लामो पहिरो बिरबहादुरको बारीसम्मै पुगेको छ । पहिरो सुरु भएको माथिल्लो भागमापनि ठूलाठूला ढुङ्गा भएकाले जोखिम रहेको हो । मनसुन पूर्णतया सक्रिय भएको र बर्षा पनि निरन्तर भईरहेकोले यो बेला सर्तकता अपनाउन आम जिल्लाबासीलाई जिल्ला बिपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ ।

जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाढी र पहिरोको जोखिम बढ्दै गएकोले सम्बेदनशिल र सर्तक रहन आम जिल्लावासीलाई आग्रह गरेका छन् । उनले पहिरोको अति जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सर्न समेत सुझाएका छन् । उनी नेतृत्वको जिल्ला सुरक्षा समितिको टोलीले फुङ्लिङस्थित पहिरो जोखिम क्षेत्र खोदम्बुको स्थलगत निरीक्षण समेत गरेको छ ।  

स्थानीय निर्माण व्यवसायीको स्काईभेटरको प्रयोग गरी पहिरो झरेर अवरुद्ध भएको सडकको अवरोध हटाईएको उनले जानकारी दिए । एयटा स्काईभेटरलाई मेची राजमार्ग क्षेत्रको काबेली–फुङ्लिङ खण्डमा केहिदिन तयारी अवस्थामा रहने गरी व्यवस्था मिलाउने पहल भईरहेको समेत प्रजिअ निरौलाले जानकारी दिए ।

प्रकाशित: २० असार २०७७ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App