coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिलाम्य ग्रामीण सडक, पैदल हिड्न समेत सकस

हिलोले जोखिम बनेको नाग्म गमगडी सडकः धनबहादुर बुढा

जुम्लाको नाग्म गमगडी सडक यो समयमा निकै जोखिमपूर्ण छ। त्यो सडकमा न सवारी सहजै रुपमा आवागमन हुन सक्छन्। न त पैदल यात्रा गर्न नै सहज छ। उल्टै अबिरल बर्षाका कारण सडक हिलाम्मे छ। सडक खण्डमा अधिकांश ठाउँमा मालबहाक सवारी रोकिएका छन्।

साना जीप र मोटरसाइकलसम्म चलाउन सकिने अवस्था छैन्। यो समयमा सुर्खेत, नेपालगंज र कालिकोट हँुदै मुगु जाने यात्रु बीचबाटोबाट पैदल यात्रा गर्न विवश छन्। तैपनि सडकमा भरिएको हिलाले राम्रोसंग पैदल यात्रा गर्न समेत कठिन छ।  

बर्षेनी मुगु गमगडी सडक स्तरउन्नतीमा बजेट व्यवस्था भइरहेको छ। तर त्यो बजेटको काम के भइरहेको छ। किन स्तरउन्नतीको नाममा जोखिम बढिरहेको छ। त्यसको जानकारी राज्यले लिन नसकेको आरोप स्थानीयको छ। स्थानीयले हिउँदमा धुलो र बर्षायाममा हिलाले सडक राम्रो सित सञ्चालन हुन नसकेको आरोप लगाएका छन्। यहाँको माटो नितान्त चिप्लो भएकोले बर्षायाममा ठुलो दुर्घटना निम्तन सक्ने खतरा बढेको छ।

जुम्ला खलंगा हुदै पातारासी जोड्ने सडकमा हिलो निकै छ। यो सडकमा हिडडुल गर्न पनि किठन भएको स्थानीय बताउँछन्।  

 पानी पर्ने वितिकै सडक हिलाम्य हुन्छ।  घाम लागेको ३÷४ दिनपछि धुलोले गर्दा यात्रामा सास्ती हुने गरेको। धुलो भन्दा पनि हिलोको कारण यात्रामा असहज हुने गरेको स्थानीय कृष्णबहादुर बोहोरा बताउँछन्। उनका अनुुसार दुई पाङग्रें र चार पाङग्रें सवारीलाई आवत जावतमा निकै सास्ती हुने गरेको छ। निर्माणाधिन अवस्थामा रहेको सडकमा पानी पर्ने वितिकै सवारी साधान गुडन सक्ने अवस्था हुँदैन। पुरै सडक हिलाम्य भएको हुनाले निकै जोखिमका साथ सवारी साधनहरु एक ठाउँबाट अर्को ठाउँसम्म पास हुने गरेका छन्। सडकको केहि खण्डमा बालुवा र ग्राभेल भएको ठाउँमा सहज भएपनि अन्य खण्डमा निकै जोखिम अवस्था रहेको छ।

 वर्षा सिजनमा हिलोको कारणले गर्दा यात्रामा सास्ती भोग्नु परेको स्थानीय शिवराज बोहोराको भनाइ छ। बाटोमा पुरै हिलो हुने भएकाले लगाएको प्वाइन्ट पिडालेर यात्रा गर्नु पर्ने बाध्यता रहेको उनी बताउँछन। डिल्लीचौरको लासीबजार देखि ठिन्के सम्मको बाटोमा वर्षामा पर्ने पानीले गर्दा स्थानीयलाई आवत जावतमा समस्या भएको छ। ३ घण्टाको समयमा बजार पुग्न सकिने सडकमा हिलो हुँदा झण्डै ४ घण्टाको समय लगाउनु परेको स्थानीय बताउँछन्।

 पातारासी गाउँपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत टेकवहादुर बुढथापाले बर्षा सिजनमा हुने हिलाम्य सडकमा सवारी साधन गुड्ने बनाउनको लागि काम भइरहेको बताए। उनले भने,‘सडक ग्राभेल गर्न गाउँपालिका लागि परेको छ। अब निकट भविष्यमै यात्रा सहज गर्ने वातवरण बन्छ।’

 उर्थुदेखि स्यालागडीगाउँ सम्मको सडक निर्माणका लागि टेण्डर भएको भन्दै उनले सडक निर्माणको प्रक्रियामा जारी रहेको बताए।  

जुम्लाको कुडारी हुदै ताम्ती टोप्ला जाजरकोट जोड्ने सडकमा पनि हिलो निकै छ। हिलोले सहजै रुपमा हिड्न सकिने अवस्था छैन्। जताततै सडक देखिन्छन्,‘स्थानीय जयबहादुर खत्रीले भने,‘तर हिड्न मिल्ने सडक छैनन्। केवल हेर्ने सडक मात्र छन्।’ स्थानीय सरकार सडक खन्नुलाई विकास भन्छ, तर सडकमा गाडी गुडाउने विषयलाई प्राथमिकता दिदैन्,उनले भने,‘पहिले खनेका सडक हिलोमा डुवेका छन्। अहिले खनेका सडकमा भुक्षय हुने क्रम बढिरहेको छ। जमिन भासिँदै जाँदा झनै खतरा बढेको स्थानीय बताउँछन्।  

जुम्ला खलंगा बजार हुदै गुुठिचौर डोल्पा जाने सडकमा सवारी नगुडेको धेरै भइसक्यो। अविरल बर्षा संगै यो बाटोमा सवारी चल्न सकेका छैनन्। मानिसहरु पैदल ओहोरदोहोर गर्न पनि निकै कठिन छ। कर्णाली राजमार्ग बाहेकका ग्रामिण क्षेत्रमा जोड्ने सडक ज्यानमारा  सडक जस्तै छन्।

प्रकाशित: २० असार २०७७ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App