२८ श्रावण २०७७ बुधबार
समाज

बझाङमा पहिरोले १७ घर बगायो, ठूलो मानवीय क्षतिको आशंका

मल्लेस गाउँको माथिबाट आएको पहिरो। तस्बिर सौजन्यः अमर जेठारा

वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गए राति केदारस्युँ गाउँपालिका–८ मल्लेस गाउँका १७ घर बगाएको स्थानीयले बताएका छन्। पहिरोबाट ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ। बिहान करिब सवा १ बजेतिर पहिरो गएको हो।  

पहिरो गएको गाउँमा प्रहरीसहितको उद्धार टोली बिहानै गएको भए पनि पुग्न सकेको छैन। मल्लेसी जाने बाटो खोलैखोला भएर जानु पर्ने र माथिबाट पहिरो खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको लोकेन्द्र बिकले बताए। पहिरोमा पुरिएर केही स्थानीय वेपत्ता भएको स्थानीयले बताएका छन्। यद्यपि उद्धार टोली घटनास्थलसम्म नपुग्दासम्म एकिन जानकारी आउन सकेको छैन।  

उद्धार गर्न गएको प्रहरी टोलीले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी गणेश बमले बताए। रातभरको पानीसँगै आएको पहिरोले केदारस्युँ–८ को स्थानीय बजार गण्डकी पूर्णरूपमा विस्थापित भएको छ। एउटा मोबाइल पसल र एउटा खाद्यान्न पसल पनि बगाएको स्थानीयले बताएका छन्।

प्रकाशित: २० असार २०७७ ११:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App