coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तेह्रथुमकाे आठराईमा ट्रयाक्टर दुर्घटना, दुईको मृत्यु

शुक्रबार राति तेह्थुमको अठराई गाँउपालिकामा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत आठराई गाँउपालिका–५ छातेढुङ्गामा मे १ त ६२१९ नम्बरको  ट्रायाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय आठराईका प्रहरी इक्स्पेक्टर शेषकराम थान्दारका अनुसार उनीहरुको उपचारमा लैजाने क्रममा मृत्यु भएको हो।

दुर्घटना परि आठराई–४ इवाका ५२ बर्षिय ललित खवास र सोहि ठाँउका  सोहि ठाँउका ४० बर्षिय श्यामलाय मगरको मृत्यु भएको हो । निर्माण कम्पनीको ट्याक्ट दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।  घाईतेको उपचार फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा भइरहेको छ। उक्त ट्याक्टरमा लोकमार्गमा काम गर्ने कामदारहरु चढेका थिए। हानडाडादेखि सक्रान्ती बजार गइरहेको केजि निर्माण सेवाको ट्याक्टर दुर्घटना भएको हो।

प्रकाशित: २० असार २०७७ ०५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App