१६ चैत्र २०८० शुक्रबार
समाज

उपत्यकामा समुदायमै संक्रमण

काठमाडौंमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, नयाँ वानेश्वर बस्ने ८५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। पिसाब कम लाग्ने र छाती दुख्ने समस्याले असार १७ गते अस्पताल भर्ना गरिएको र सोही दिन राति उपचारका क्रममा उनको मृत्यु भएको थियो। मृत्युलगत्तै स्वाब संकलन गरी परीक्षण गरिएकोमा शुक्रबार कोरोना पुष्टि भएको हो। मृतक वृद्धसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।  

मृतक वृद्ध लकडाउन अवधिमा काठमाडौं छोडेर कतै नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनका अनुसार वृद्धसहित १९ जना कुनै भ्रमणको रेकर्ड नभएका संक्रमित रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। योभन्दा धेरै संख्यामा उपत्यकामा नघुमेकामा कोरोना संक्रमण भएको ह्याम्स अस्पालका भाइरालोजिस्ट डा. अनुप सुवेदी बताउँछन्।  

उपत्यकामा यसअघि नै संक्रमित भएकाहरूको ठेगाना उपत्यका बाहिरको दिनु र संक्रमितमध्ये शून्य दशमलव पाँच प्रतिशत मृृत्यु भइसकेकाले समुदायमा पुगेको भन्न सकिने डा. सुवेदीले बताए। ‘मृत्यु भएका धेरैजसो उपत्यकाभित्रै बस्ने र ट्राभल हिस्ट्री नभएका देखिन्छन्,’ उनले भने, ‘सबै संक्रमितको कन्ट्र्याक्ट टे«सिङको रिपोर्ट समयमै हुन सकेको छैन र सार्वजनिक भएको छैन, सार्वजनिक हुने हो भने समुदायमा फैलिएको प्रमाणित हुन्छ।’  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार अस्पतालमै परीक्षण भएकामध्ये दुई÷चार जनाको ट्राभल हिस्ट्री छैन। योसँगै दैनिक उपत्यकाबाहिर तथा कोरोना प्रभावित जिल्लाबाट आउनेको संख्या उत्तिकै हुनुले पनि समुदायमा कोरोना फैलिने रातो बत्तीको संकेत भएको उनले बताए। ‘उपत्यकामा भित्रिएकाले १४ दिन नियमपूर्वक क्वारेन्टिन पालना गरेको स्थिति परीक्षण गर्न आउनेहरूबाट देखिन्छ, उनीहरूले समुदायमा सार्ने उच्च जोखिम छ।’  

उपत्यकामा लकडाउन खुकुलो भएसँगै तराईका जिल्लाबाट मानिस आइरहनु, विदेशबाट र जोखिम जिल्लाबाट आउनेले नियमपूर्वक पूरा १५ दिन क्वारेन्टिन पालना नगर्नु, कामकाजमा फर्केकाले भौतिक दुरी, हातधुने, सेनिटाइजर तथा मास्कको प्रयोग गर्नेजस्ता कोरोना भाइरसबाट बच्ने नियम पालना गर्न छोड्नु, भीडभाडमा जम्मा हुन थाल्नु जस्ता नियम उल्लंघन भएकाले केही दिनयता दैनिक उपत्यकामा संक्रमितको संख्या बढिरहेको डा. बास्तोलाले बताए।  

उपत्यकामा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारदेखि परीक्षणको दायरा फरक पार्ने घोषणा गरेको छ। शुक्रबार मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइसियूमा भर्ना भएका, पकेट एरियामा बस्ने र स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्ने जनाए।  

यो अवस्थामै नियन्त्रण गर्न नसके दीर्घरोगी र वृद्धवृद्धामा संक्रमण फैलिएर मृत्यु हुने भयावह स्थिति आउने डा. बास्तोला बताउँछन्। यसका लागि सरकार, समुदाय र व्यक्ति तीनै तहको भूमिका अनिवार्य रहेको उनले सुझाए।  

संक्रमित संख्या १५ हजार नाघ्यो  

नेपालमा शुक्रबार थप सात सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार भेटिएकामा एक सय ३४ महिला र ६ सय ६ जना पुरुष छन्। योसँगै नेपालमा संक्रमित संख्या १५ हजार दुई सय ५९ पुगेको छ।  

हालसम्म ३२ जनाको मृत्यु भएको छ भने ६ हजार एक सय ४३ जना निको भइसकेका छन्। कुल संक्रमितमध्ये आठ जिल्ला कैलाली, दैलेख, दाङ, पाल्पा, कपिलवस्तु, सर्लाही, रौतहट र महोत्तरीमा पाँच सयभन्दा बढी संक्रमित भेटिएका छन्। सबैभन्दा बढी प्रदेश २ मा तीन हजार नौ सय ९५ जना र दोस्रोमा प्रदेश ५ मा तीन हजार आठ सय ९१ जना संक्रमित छन्। क्रमशः सुदूरपश्चिममा ३५ सय ३५, कर्णालीमा १५ सय ३९, गण्डकीमा ११ सय १८, प्रदेश १ मा ६ सय ७४ र वाग्मतीमा पाँच सय पाँचजना छन्। शुक्रबार थप ४ हजार ८ सय ८३ जनाको पिसिआर परीक्षणसँगै यो परीक्षण विधिबाट दुई लाख ४२ हजार दुई सय ४७ वटा नमुना परीक्षण भइसकेको छ। हाल देभरिमा ३५ हजार ४ सय ७२ जना छन् क्वारेन्टिनमा छन् भने ९ हजार ८४ जना आइसोलेसनमा छन् । 

प्रकाशित: २० असार २०७७ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App