१५ चैत्र २०८० बिहीबार
समाज

गाँउमा सहयोग गर्न ‘जन्मोत्सव कोष’

गाँउमा असजिलोमा परेकालाई सहयोग गर्ने हिसाबले च्याङथापु–फलैचा सरोकार समितिले जन्मोत्सब कोष स्थापना गरेर रकम जम्मा गरीरहेको छ । जिल्लाको उत्तरी याङवरक गाँउपालिकामा पर्ने च्याङथापु र फलैचा क्षेत्रमा जन्मीएर देश विदेशमा रहेकाहरूले उक्त कोषमा जन्म दिनको अवसरमा रकम जम्मा गर्ने गरेका छन् ।  

जन्म दिनका दिन केही न केही गर्नु पर्छ भन्ने धारणा भएकाहरूले उक्त कोषमा रकम जम्मा गरेको पाईन्छ । मुख्य लक्ष एम्बुलेन्स खरिद गर्ने भएपनि सो क्षेत्रका बासिन्दा सो क्षेत्र तथा अन्यत्र हुँदा समस्यामा पर्दा सहयोग गर्ने लक्ष राखिएको सरकोकार समितिका सचिव शरद अधिकारीले जानकारी दिए । जन्म दिनका दिन सो क्षेत्रका बासिन्दा तथो सो क्षेत्रमा जन्मिएकाहरूले रकम जम्मा गरेका छन् । यो नौलो कामको रुपमा रहेको छ । स्वेच्छिक रुपममा रकम जम्मा हुनेगरेको गरेको जानकारी दिइएको छ ।

उक्त कोषमा हालसम्म ५५ जनाले जम्मा गरेका छन् । हालसम्म उक्त कोषमा २ लाख ९१ हजार रकम जम्मा भईसकेको सरोकार समितिले सचिव अधिकारीले जानकारी दिए । समितिले च्याङ्थापु–फलैचा क्षेत्रमा समस्या परेकाहरूलाई सहयोग गर्दै आएको छ । 

प्रकाशित: १९ असार २०७७ १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App