६ वैशाख २०८१ बिहीबार
समाज

गुल्मीको इस्मामा पहिरो जाँदा दुई जनाको मृत्यू, एक वेपत्ता

हेलकिप्टरबाट पाँच जनालाई काठमाडौं लगियो

लगातारको बर्षाले इस्माको मल्लीगाउँका सय १ सय १६ घर पहिरोको जोखिममा

फाइल फाेटाे ।

अविरल वर्षाका कारण गुल्मीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ, भने एक जना वेपत्ता छन्। अविरल वर्षापछि पहिरोले बगाउँदा गुल्मी इस्मा गाउँपालिका–१ मा दुई बच्चाको मृत्यु भएको हो । बसन्त सारुका  १६ महिनाका छोरा सुरज सारु, इश्वरी खत्रीको छोरी वर्ष ८ कि अपेक्षा खत्री पहिरोले पुरिएर मृत अवस्थामा शुक्रबार फेला परेका हुन्।

अपेक्षाको घटनास्थलदेखि एक किलोमिटर टाढा निस्ति खोलामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक केदाराज पन्तले बताए । अविरल वर्षाका कारण मुसिकोट नगरपालिका–२ दर्लुङ बस्ने वर्ष ५५ को भागिरथ घिमिरे पहिरोले बगाएर बेपत्ता भएका छन्। गुल्मी मुसिकोट–२ हाँडीखोला स्थित घुम्ती पसल अचानक पहिरोले बगाउँदा बेपता भएको र शुक्रबार साँझसम्म पत्ता नलागेको डिएसपी पन्तले बताए ।

पहिरोमा परि इस्मा–१ मल्ली गाउँका ६ जना घाईते भएका छन्। ६४ वर्षीय टिका खत्री, वर्ष ५ का आयुस खत्री, वर्ष २७ की इश्वरी खत्री, वर्ष २१ कि श्रृजना सारू, २५ वर्षीय बसन्त सारु गम्भिर घाईते भएका छन्। यसैगरि ९० वर्षका पुतली खत्रीको अवस्था भने मध्यम रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाईतेमध्ये पाँच जनालाई हेलिकप्टर मार्फत काठमाडौं उपचारका लागि पठाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।

उनका अनुसार गुल्मीमा लगातारको वर्षाका कारण मल्ली गाउँ नै असुरक्षित बनेको छ । पहिरो प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, आर्मी सहित रेडक्रसको टोली समेत पठाइएको उनले बताए । पहिरो झर्नेक्रम जारी रहेकाले एक सय १६ घर जोखिममा परेको इस्मा गाउँपालिका–१ अध्यक्ष चुरा बहादुर खत्रीले बताए । गाउँ माथिबाट निरन्तर पहिरो खसेकाले बस्ती असुरक्षित भएको उनले बताए । उनले लगातार वर्षा समेत हुने र सडक अवरुद्ध हुँदा उद्धारमा समेत कठिनाई भएको छ ।

यसैगरि गुल्मी मुसिकोट नगरपालिका–२ रातचौर बस्ने जनक के.सीको घरमा समेत क्षती पुगेको छ । अन्य स्थानीयहरूको समेत घरमा क्षती पुगेपछि सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनले गुल्मीका विभिन्न गाउँहरुमा पहिरो गएको छ । सडक पहिरोले अबरुद्ध भएका छन् ।

क्वारेन्टिन बनाइएको विद्यालय भत्कियो  

क्वारेन्टिन बनाइएको इस्मा गाउँपालिका–४ दोहली ढाँडको कालिका निम्न माध्यमिक विद्यालय पहिरोले भत्काएको छ ।  माथिबाट पहिरो आएपछि क्वारेन्टाइनमा बसेका पाँच जना सुरक्षित हुन आफ्नै घरमा गएका छन्। क्वारेिन्टनमा बसेकाहरूको आरडीटी पोजेटिभ देखिएको थियो । राती पहिरो आएपछि क्वारेन्टिनमा बसेकाहरू भागेर घर पुगेर ज्यान बचाएका थिए ।

विद्यालय भवनमा पहिरोले क्षति पुर्याएपछि सुरक्षित रुपमा घरमा बस्न भनिएको वडाध्यक्ष गनुप्रसाद अधिकारीले बताए ।  उनका विपतका बेलामा स्थानीयहरूको सहयोगमा घरमा सुरक्षित रुपमा राखिएको छ । आरडीटी पोजेटिभ देखिएका पाँच जनामध्ये तीन जनाको पिसिआर लिइएको थियो । दोहलीकै छोटडाँडामा पहिरोले बसन्ती घर्तिको घर गोठ बगाएको छ । मानवीय नभए पनि घरगोठ भत्किएपछि पशुचौपाय पुरिएका छन्।

प्रकाशित: १९ असार २०७७ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App