coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनाबाट ज्यान गुमाएका शिशुको मृत्यु प्रमाणपत्र दिन अस्पतालको आनाकानी

जलजला गाउँपालिका–४ लामाखेतकी सिमा पुनले आफ्नै कोखबाट जन्मिएको छोरालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा गुमाईन् । कोरोना भाइरस सक्र्रमणको कारण ४९ दिनको छोरा गुमाएकी पुनको आँखामा अझै आँँसु रोकिएको छैन । उनको छेउमै रहेका श्रीमान समेत दोस्रो सन्तानको उपचार गरेर घर फर्किने चाहना अधुरै भएको बताउँछन्। अस्पतालमा शिशुलाई कोरोनाबाट गुमाएपछि सिमा, उनका श्रीमान र फुपुको स्वाब परीक्षण गरिएको थियो । पिसिआर रिपोर्ट नेगेटिभ आएको पनि शिशुको मृत्यु प्रमाणपत्र माग्दा समेत अस्पतालले दिन आनकानी गरेपछि शुक्रबार साँझसम्म अस्पतालमै छन् ।  

‘छोराको मृत्यु प्रमाणपत्र पाए घर फकिन्थ्यौं,‘पटक–पटक माग्दा समेत दिएनन्’ सिमाको भनाई उद्धित गदैं उनका आफन्त अमृत पूर्जाले भने । अस्पतालमा शुक्रबार दिनभरी शिशुको प्रमाणपत्र माग्दा समेत बेवास्ता गरेको भन्दै प्रमाणपत्र नपाएसम्म घर नजाने अडान लिएको बताए । अस्पतालले शिशुको मृत्यु प्रमाणपत्र नदिदाँ अनेक आशंका उब्जिएको पूर्जाले बताए । 

‘मृत्युको प्रमाणपत्र दिन आनकानी गरिएको छ, ‘लापरवाहीलाई कोरोना भनेर उम्किने प्रयास त होईन्’ उनले प्रश्न गरे । काखमा लुटपुटिन नपाउँदै कोरोना जस्तो भयानक रोगको शिकार भएको भन्दै भावुक बनेका सिमा र उनका श्रीमानलाई आफन्तले सान्त्वना दिने प्रयास गरेका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका–४ मल्कवाङको भेडिखाल्टा पुख्र्यौली घर भई हाल पर्वतको लामाखेतमा बस्दै आएकी सिमाले गएको वैशाख ३१ गते बेनी अस्पतालमा शिशुलाई जन्म दिएकी थिईन् ।

शिशुको आन्तरिक शारिरीक बनावटमा समस्या देखिएपछि जन्मिएको भोलीपल्टै मणिपाल अस्पताल पोखरा रिफर गरिएको थियो । मणिपालबाट जेठ ८ गते थप उपचारका लागि काठमाडौं पठाइएको थियो । शिशु जन्मिदाँ ज्वरो थिएन्, ‘आन्तरिक समस्या देखेर पोखरा रिफर गरिएको हो ।’ बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले भने । 

शिशु जन्मिएको मितिमा म्याग्दीमा कुनैपनि कोरोना संक्रमति थिएनन्। लामो समय आइसियूमा राखिएको शिशुमा कोरोना संक्रमण काठमाडौंमा भएको अनुमान गरिएको छ । गएको असार ९ गते अस्पताल भर्ना भएका शिशुलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिरहेको क्रममा बुधबार मृत्यु भएको थियो । मृतक शिशुको अन्तेष्टी गरिएपनि परिवारका सदस्यहरू अस्पतालमा मृत्युको प्रमाणपत्रको पखाईमा छन् ।

प्रकाशित: १९ असार २०७७ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App