६ वैशाख २०८१ बिहीबार
समाज

नगरपालिकामा ‘गरीवका लागि छानो’ कार्यक्रम

कार्यक्रम अन्र्तरगत पहिलो किस्ता वापतको चेक हस्तान्तरण गर्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई । तस्बिर : नागरिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘गरीवका लागि छानो’ कार्यक्रम गरेको छ। सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत खरको छानालाई विस्थापित गर्ने लक्ष्यकासाथ नगरपालिकाले गरीव परिवारलाई जस्ताको छानो उपलव्ध गराउने अभियान सुरु गरेको हो। तेश्रो नगर दिवसको अवशर पारेर नगरपालिकाले बिहिबार ४५ घर परिवारलाई जस्ता खरिदका लागि चेक हस्तान्तरण गरेको छ। प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले जस्ताको छाना खरिदका लागि प्रतिपरिवारले पाउने कुल ५० हजारमध्ये पहिलो किस्तावापत २५ हजारको चेक हस्तान्तरण गरेका छन्।  

आगामी दुई वर्षभित्र १० हजार ५० घरधुरी रहेको नगरपालिकाका करिब नौ सय गरीब परिवारको खरको छाना विस्थापित गरेर जस्ताको छाना हाल्ने लक्ष्य राखिएको नगर प्रमुख दिपनारायण रिजालले बताए। जस्ताको छाना हाल्नका लागि सुरुमा २५ हजार र छाना हालिसकेपछि बाँकी २५ हजार उपलव्ध गराइने नगरपालिकाले जनाएको छ। १५ वडा रहेको नगरपालिकाको पहिलो नगरसभाले ‘गरीबका लागि छानो’ कार्यक्रम पारित गरे अनुशार छानो हाल्ने रकम उपलव्ध गराउन सुरु गरिएको हो।  

आर्थिक वर्ष २०७७/०७८ मा ३३८ घर परिवारलाई जस्ताको छानो उपलव्ध गराउने तयारी गरिएको नगर उपप्रमुख विणादेवी राईले बताईन्।  

प्रकाशित: १९ असार २०७७ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App