१६ चैत्र २०८० शुक्रबार
समाज

समयमै पानी परेकाले राेपाइँ धमाधम

पाँचथरको फिदिम–७ मा धान रोपिँदै । तस्बिर : गिरिराज बाँस्कोटा

समयमै वर्षा भएकाले पाँचथरमा  धमाधम धान रोपाइँ भइरहेको छ । यो वर्ष समयमै पर्याप्त पानी परेकाले किसानले छिट्टै रोपाइँ सुरु गरेका हुन्  । जिल्लामा जेठदेखि साउन अन्तिम समयसम्म रोपाइँ हुने भए पनि असारको अन्तिम साता धेरै रोपाइँ हुने गर्छ ।

गत वर्ष खडेरीका कारण रोपाइँ ढिलो गरी भएको थियो । तर, यो वर्ष वैशाखयता पानी परिरहेकाले रोपाइँ गर्न सहज भएको छ । पानी राम्रोसँग परेकाले गाउँमा रोपाइँ छिटो भएको फिदिम–७ का किसान तिलबहादुर नेम्बाङले बताए ।  

हालसम्म २३ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले जानकारी दिए । उनका अनुसार पानी समयमै परेकाले  गत वर्षको तुलनामा छिटो रोपाइँ भएको छ । जिल्लामा ८ हजार ७ सय ४३ हेक्टरमा धान खेती हुने गरेको छ ।  

प्रकाशित: १९ असार २०७७ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App