coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेपत्ता भएकी बालिकाको शव खेतमा भेटियो

बलात्कार गरेर हत्या गरिएको आशंका

जनकपुरधाम उपमहानगरपालिका—२१ स्थित कुर्थामा मृत अवस्थामा एक बालिकाको शव फेला परेको छ । तीन दिनदेखि  बेपत्ता भएकी ११ वर्षीय कञ्चन पन्जियारको दुधमती नदी किनारमा अर्धनग्न अवस्थामा शव फेला परेको हो ।  

बुधबार बिहान करिब ११ बजे पाडापाडी चराउन हिँडेकी उनी रातिसम्म घर नआएपछि परिवार तथा छिमेकीले उनको खोजी सुरु गरेका थिए । उनी नभेटिएपछि बुबा विनोद पन्जियारले बिहीबार विहान प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार प्रहरीले खबर पाएलगतै स्थानीयसँगै बिहीबार राति करिब ११ बजेसम्म उनको खोजतलास गरिएको थियो ।  

‘खेतमा धान रोपिरहेकी स्थानीय महिलाले खाजा खान लागेको बेला दाँत सफा गर्ने डण्डी भाँच्न जाँदा गन्ध आयो । त्यसपछि गन्ध आएको ठाउँमा हेर्न जाँदा शव देखेपछि खेतमा काम गरिरहेका अन्य मानिसलाई भने र उनीहरुले प्रहरीलाई खबर गरे,’ प्रहरी नायब उपरिक्षक कार्कीले भने । शव अर्धनग्न अवस्थामा भेटिएकाले बलात्कार गरी हत्या गरिएको स्थानीयको भनाइ छ ।  

शवको प्रकृतिले बलात्कार भएर हत्या गरिएको हुन सक्ने देखिए पनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविक कुरा भन्न सकिने प्रहरी नायब उपरीक्षक कार्कीले बताए । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले शव फेला परेको स्थान नजिकै चिहानमा बस्दै आएका अघोरी बाबा भनिने भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको उनको भनाइ छ ।  बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।  

प्रकाशित: १९ असार २०७७ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App