coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आइसोलेसन सेन्टरमा नाचगान

कतिपय आइसोलेसनमा विरामीको भीड भएको बेला बाग्लुङको एक आइसोलेसनमा भने गीत र नृत्यको व्यवस्था गरिएको छ । जिल्लाको गल्कोट नगरपालिकाको आइसोलेसनमा बस्ने संक्रमितहरुको हरदिन संगीत र नृत्यमा झुम्दै बित्छ । ‘आइसोलेसनमा बस्दा उमेरका युवाहरु नाच्थे, हामी हेथ्र्यों, दिन काटेको पत्तै भएन’ दुई दिनअघि मात्रै डिस्चार्ज भएका स्थानीय ४० वर्षीय एक पुरुषले भने । उनले नगरपालिकाले संगीतको व्यवस्थापन गरिदिएको बताए । यसको साथै दैनिक दिने खाना, खाजाको पनि राम्रो बन्दोबस्त भएको उनले बताए । ‘म मधुमेहको रोगी थिएँ, रोटी चाहिं घरैवाट मगाउँथे’ उनले बिहीबार नागरिकसित भने ।  

हालै सोही आइसोलेसनबाट निस्केको ४५ वर्षीय पुरुषले आइसोलेसनमा रहेको इन्टरनेट, खानपान र नाचगानले बोझ लाग्न नपाएको बताए । ‘माछा–मासु हरेक दिन हुन्थ्यो,अरु वेलाबखत फलफूल पनि’उनले भने । ‘दिन काट्न लामो हुन्थ्यो,नाचगान गरेर इन्टरनेट चलाएर बितायौं’ उनले भने ।  

नियमित व्यायम, खानपान र मनोरञ्जनले उनीहरुमा आफू कोरोना संक्रमित भएको पत्तै नपाएको वडा अध्यक्ष हेमन्त भण्डारीले बताए । भण्डारीका अनुसार अहिले आइसोलेसनकै संक्रमितहरुल् म्युजिक वाजाको माग गरेपछि नगरपाािलकाले व्यवस्था स्पिकर व्यवस्थापन गरेको हो । ‘उनीहरु दैनिक साँझपख नृत्य गर्छन्, नृत्य गर्दा मनोरञ्जन र व्यायम दुवै हुने देखियो’ अध्यक्ष भण्डारीले भने । आइसोलेसनमा भएको उचित व्यवस्थापनको कारण कुनै पनि संक्रमित तनावमा नरहेको र आत्मबल बढिरहेको उनको भनाइ छ । यसको साथै स्वास्थ्यकर्मीले नियमित ज्वरो नाप्ने तथा स्वास्थ्य अवस्था बारे जानकारी लिने व्यवस्था रहेको छ ।  

नृत्य गर्दा भने उनीहरुले भौतिक दुरी कायम गरी गर्ने गरेको भण्डारीले जानकारी दिए । नगरपालिकाले उनीहरुको लागि दैनिक एक छाक मासु, खाजा,खानाको व्यवस्था गरेको छ । आफै तातो पानी उमालेर पिउन र चिया पकाएर खान मिल्ने गरी बिद्युतिय जगको व्यवस्था गरेको छ । आइसोलेसनमा इन्टरनेट, एक स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । हाल आइसोलेसनमा १२ जना संक्रमित रहेको र सवैमा लक्षण नभएको अवस्था छ ।  

यसअघि १५ जना संक्रमित निको भएर गइसकेका छन् । भारतबाट आई क्वारेन्टिनमा रहेका मधयेमा कुल ३ सय जना मध्येमा  ३९ जनामा संक्रमण देखिएको थियो । ती मध्ये १५ जना निको भएर गइसकेका छन् । स्थानीय स्वास्थ्यचौकीमा बनेको आइसोलेसनमा सेन्टर व्यवस्थापन हुुनु अघि नगरपालिकाले अन्य संक्रमितलाई जिल्ला अस्पताल पठाएको थियो ।

प्रकाशित: १८ असार २०७७ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App