६ वैशाख २०८१ बिहीबार
समाज

लागुपदार्थ दुर्व्यशनीविरुद्ध किशोरी सक्रिय

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरका किशोरीहरु लागुपदार्थ दुर्व्यशनीविरुद्ध एकजुट भएका छन्। शिवपुरमा रहेका गौतम किशोरी संवाद, सरस्वती किशोरी संवाद र नवदुर्गा किशोरी संवादका किशोरीले गाउँघरमा लागुपदार्थ सेवन गरी  झैझगडा र  होहल्ला गर्ने गरेकाले  गाउँमा लागुपदार्थ नियन्त्रण अभियान थालेका छन्।  

शिवपुरलाई नमूना बस्ती निर्माण गर्ने योजना रहेकाले लागुपदार्थ दुव्र्यसनविरुद्धको अभियानमा सबैको सहयोग हुनुपर्ने सरस्वती किशोरी संवादका अध्यक्ष शान्ति जिसीले बताइन्। दिनभरि लागुपदार्थ सेवन गर्ने र घरमा श्रीमती र छोराछोरीलाई यातना दिने गरेकाले अब निश्चितबाहेक अन्य समयमा मदिराजन्य पदार्थ बेचबिखनमा समेत रोक लगाइने जिसीले जनाए।

टोलमा बालविवाह, बहुविवाह, बालश्रम जस्ता गैरकानूनी काम पूर्ण रुपमा निषेध गरिने भएको छ। टोललाई मदिरा र  चोरीडकैती मुक्त बनाउन तथा पीडितलाई राहत दिन किशोरीले पहल गर्ने भएका छन्। मदिरा बिक्री तथा प्रयोगमा पाँच नियमसमेत बनाइएको किशोरी सीमा खड्काले बताइन्। अनुमतिप्राप्त व्यवसायीले साँझ ५ बजेदेखि ८ बजेसम्म मात्र मदिरा बिक्री गर्न पाउने, बाहिरबाट आउने मदिरालाई पूर्ण रुपमा निशेष गर्ने, स्थानीय मदिरा उत्पादकलाई सचेत गराई उत्पादनमा रोक लगाउने तथा यसबारे व्यापक रुपमा प्रचारप्रचार गर्ने किशोरीको योजना  छ।

किशोरीहरु टोललाई नमूना बनाउने योजनामा लागेकाले यसमा नगरपालिकाको पूर्ण साथ रहने शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले बताइन्। थारु समुदायको बाहुल्य रहेको शिवपुरमा घरघरमा पुगेर किशोरीले सचेत गराउन सकेमा न्यूनीकरण हुन सक्ने सम्भावना रहेको उनको भनाइ थियो। पछिल्लो समयमा किशोरमा लागुऔषधको प्रयोग गर्नेक्रम बढेकाले अभिभावकले विशेष ध्यान दिनुपर्ने वडा नं १ का वडाध्यक्ष जगत जिसीले बताए। साँझ १५ देखि २० वर्ष उमेर समूहका किशोरले सडकको किनार तथा चौरमा लागुऔषध प्रयोग गर्ने गरेकाले समयमा रोक्न नसके दुर्घटना निम्तिने उनले बताए। 

प्रकाशित: १८ असार २०७७ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App