coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

क्वारेन्टिनमै आत्महत्या

रोल्पाको क्वारेन्टिनमा रहेका एक युवकले आत्महत्या गरेका छन् । रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङका अनुसार गत असार १० गते दुबईबाट रोल्पा आएका गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय एभान सार्कीले बुधबार दिउसो झुन्डिएर आत्महत्या गरेका हुन ।  

गाउँपालिकाले तयार गरेका क्वारेन्टिनहरू खाली नभएपछि गाउँकै काका नाता पर्नेको घरमा उनी एक्लै बस्दै आएका थिए । झुन्डिएको अवस्थामा उनकै १० वर्षका छोराले देखेर परिवारलाई खबर गरेपछि घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ ।  

भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरूले सँगै बस्न नमानेपछि उनकै बुवाले आफन्तको खाली घरमा होम क्वारेन्टिनमा राख्नको लागि लगेको गंगादेव गाउँपालिका–५ वडाध्यक्ष मानबहादुर डाँगीले बताए । आत्महत्याको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

दुबईबाट घर आउँदा उनलाई आरडीटी परीक्षण नेगेटिभ देखिएको थियो । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसार मृतकको स्वाब लिनका स्वास्थ्यकर्मी घटनास्थल पठाईएको छ । उनका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले स्वाब नलिने बताए पछि मृतकको स्वाब नेपालगञ्ज पठाउने तयारी गरिएको छ ।  

शबको पोष्टमार्टमका लागि दाङ लैजाने तयारी गरिएको पनि प्रमुख जिल्ला अधिकारी रानाले बताए । घटनास्थलबाट रोल्पा सदरमुकाम लिवाङ भन्दा दाङ नजिक पर्ने भए पछि उता लैजाने तयारी गरिएको छ । अस्पतालले रिपोर्ट आएपछि मात्र पोठटमार्टम गर्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित: १७ असार २०७७ १५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App