४ वैशाख २०८१ मंगलबार
समाज

ट्रक दुर्घटनामा चालकको मृत्यु

धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नं ६ स्थित कार्कीछापमा गएराति विराटनगरबाट संखुवासभा जादै गरेको ट्रक दुर्घटना हुँदा ट्रकचालकको घट्नास्थलमै मृत्यू भएको छ । सामान बोकेर संखुवासभातर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक राती करिब साढे ९ बजे दुर्घटना भएको हो । 

ट्रक सडक छेउमा रहेको घर किचेर करिब ५० फिट तल खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि ट्रक चालक मोरङ सुन्दर हरैचा बस्ने वर्ष २९ का राजु श्रेष्ठको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रबक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिएको छ । 

सडक छेउमा रहेको घर ट्रकले किच्दा कल्पना सुब्बाको १२ बर्षिय छोरी घाइते भएकी छिन् । उनको स्थानीय मेडिकलमा उपचार भएको छ । मृतक श्रेष्ठको सब पोष्मार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ 

प्रकाशित: १६ असार २०७७ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App