coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा पनि देखियो सलह

देशका बिभिन्न ठाउँमा अन्न बाली क्षति गर्दै आएको सलह किरा उदयपुरमा पनि देखा परेको छ । पछिल्लो ३/४ दिनयता उदयपुरका बिभिन्न गाँउ तथा नगरपालिकामा सलह किरा देखा परेपछि त्यसबाट बँच्ने उपायबारे सचेत गराउन थालिएको छ ।  

जिल्लाको कटारी नगरपालिकाका ३ दिनअघिदेखि खेतबारीमा सलह देखिएको खवर कृषकले दिएपछि अनुगमन गर्दा पुष्टि भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कृषि विकास शाखाले सलह आएको पुष्टि गर्दै यसबाट अन्नबाली बचाउँदै नियन्त्रण गर्न किराको पहिचान गरी आनीबानी र जीवनशैली पत्ता लगाउन आग्रह गरेको छ ।  

कृषि शाखाले बिभिन्न किसानको खेतबारीमा शनिबार साँझदेखि सलह देखा परेको प्रमाणित भएको बताउँदै फैलिन नदिन संभावित संक्रमणस्थलमा सरोकारवालाहरु जुटेर कीराको जीवनी, आनीबानी र संक्रमण हुने तरिका तथा शैलीबारे जानकारी लिएर सहयोग गर्न आग्रह गरेको छ । सलह नियन्त्रणतर्फ ध्यान दिन सक्दो सहयोगको अपिल गर्दै नगरपालिकाले त्यसो गर्दा सलह व्यवस्थापन र नियन्त्रण गर्न सहज हुने जनाएको छ ।  

नियन्त्रण र व्यवस्थापन गर्ने बिधिलाई एकीकृत र सामूहिक तरिका अपनाएर अघि बढ्न नगरबासीले सहयोग गर्न उसको आग्रह छ । सलह नियन्त्रण गर्न रासायनिक विषादीको प्रयोग नगर्न अनुरोध गर्दै शाखाले गैह्र रासायनिक बिधि अपनाउन सुझाएको छ । सलह भगाउन वा अन्नबालीमा बढी क्षति हुनबाट रोक्न मान्छेले ठूलो आवाजले कराउने, आगो बालेर धुवाँ निकाल्ने, बारीको वारपार डोरी टाँगेर अन्नबालीका बोट दुईतिरबाट हल्लाउने विधि गैररासायनिक तरिकाबारे शाखाको सुझाव दिएको छ ।  

किरा खाने चराचुरुङ्गीको संरक्षण गर्दै सलह उडेर बाली खानुअघि विहानै धपाउन तथा प्रकोप क्षेत्रका कृषकलाई जाली तथा जाल थापेर सलह नियन्त्रण गरी संकलन गरेर पशुपंछी तथा माछाको दानामा प्रयोग गर्न पनि नगरपालिकाले सुझाएको छ । सलह नियन्त्रणका नाममा मानव बस्तीहरुमा सकेसम्म रासायनिक बिषादी प्रयोग नगर्न सचेत गराउँदै नगरले कृषि विज्ञ र चिकित्सकको सिफारिसको बिषादी मात्र सुरक्षित तवरले प्रयोग गर्न पनि आग्रह गरिएको छ ।  

उता बेलका नगरपालिका र लिमचुङबुङ गाउँपालिकामा पनि सलह देखा परेको स्थानीयले बताएका छन् । बेलका नगरपालिकाले सलह गाउँ छिरेको जानकारी आएको तर, पुष्टि नभईसकेको भन्दै यसले गर्ने क्षतिलाई कम गर्न नगरबासीलाई सचेत गराउन सुरु भईसकेको नगरपालिकाका सल्लाहकार नारद निरौलाले बताएका छन् । 

त्यस्तै लिमचुङबुङ गाउँपालिकाका किसानले पनि सलहजस्तै किरा अन्नबालीमा देखा परेको भन्दै सलह हो होईन भन्ने यकिन गरेर बेलैमा नियन्त्रण गर्न आग्रह गरेका छन् । किसानले सलह नियन्त्रण गर्न गाउँपालिकाको कृषि शाखालाई आग्रह गरेको स्थानीयहरुले बताएका छन् ।  

 

 

प्रकाशित: १६ असार २०७७ ११:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App