coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाढीको जोखिम क्षेत्र पहिचान गरी काम सुरु

जिल्ला विपद् व्यवस्थापन समिति रौतहटले बाढीको जोखिम क्षेत्र पहिचान गरी उद्धार तथा राहतको लागि पूर्व तयारीको काम सुरु गरेको छ । समितिले जिल्लालाई बाढीको जोखिमको दृष्टिकोणले रेड, एलो र ग्रीन गरी तीन जोनमा विभाजन गरी राहत तथा उद्धारको तयारी सुरु गरेको हो ।

जिल्लाको गौर, ईशनाथ, राजपुर, परोहा, राजदेवी नगरपालिकाका साथै दुर्गा भगवती गाउँपालिका बाढीको उच्च जोखिममा रहेका छन् । उच्च जोखिममा रहेका पालिकाहरूसित सिमाना जोडिएका पालिकाहरू मध्यम जोखिममा र बाँकी स्थानीय तह बाढीको सामान्य जोखिममा रहेका छन्।

जिल्लामा हरेक वर्ष बाढीले ठूलो क्षति पुर्याउँदै आएको छ । बागमती र बकैया नदीसित सिमाना जोडिएका प्रायः दक्षिणी क्षेत्रका स्थानीय तह तथा भारतीय तटबन्ध नजिकका गाउँहरू बाढीको उच्च जोखिममा रहेका छन् । दुवै प्रमुख नदीमा रहेको तटबन्धलाई बाढीले भत्काएपछि ठूलो क्षति हुने गरेको छ भने बाढीको पानी खेतमा पस्दा बालीनालीमा पनि वर्षेनी ठूलो क्षति पुग्ने गरेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राहत तथा उद्धारका लागि पूर्व तयारी र अन्य व्यवस्थापनका काम गर्न बाढीको जोखिमको पूर्वानुमान गरी जिल्लाका स्थानीय तहलाई रेड र एलो जोनमा राखिएको राखिएको बताएका छन् ।

दुर्गा भगवती गाउँपालिका उच्च जोखिममा बाढीको उच्च जोखिममा रहेकोले त्यसै अनुरुप तयारी सुरु गर्न निर्देशन प्राप्त भएको र जिल्ला विपद व्यवस्थापन समितिले पनि तयारी गरिरहेको गाउँपालिका अध्यक्ष अरुण साहले जानकारी गराएका छन् ।

प्रकाशित: १६ असार २०७७ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App