८ वैशाख २०८१ शनिबार
समाज

साथीको हत्या गर्ने चार जना जेल

एक महिनाअघि मादक पदार्थ सेवन गरेर विवाद हुँदा इटहरी–२० तरहरामा एक युवकको हत्या गर्ने चार जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

इटहरी–२० का २८ वर्षे राजन राईको हत्या गर्ने सोही ठाउँका अभिषेक पौडेल, अम्बरबहादुर गिरी, प्रज्वल तामाङ र मनोज चौधरी पुर्पक्षका लागि जेल चलान भएका हुन् । यी चारै जना युवा जिल्ला न्यायाधीश धुव्रकुमार उप्रेतीको आदेशमा जेल चलान भएको अदालतका श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले जनाए । हत्या गर्ने चारै जना राजनका चिनजानका साथी नै हुन् ।  

अत्याधिक मादक पदार्थ सेवन गरेका मृतक राई र स्थानीय केही युवाबीच विवाद हुँदा जेठ १८ गते राति छुरा प्रहार भएको थियो । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरि मुद्दा चलाएका इटहरी–२० तरहराका राजन बाँनियालार्ई बताए । एक लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिइएको छ । घटनामा संलग्न भएकोमा एक जना फरार भएकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  

राजनकै घरमा बसेर अनिल दाहाल र लक्ष्मण गुरुङले पनि मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवन गरेपछि राजनसहित तीन जनाको समूह बजारमा निस्किएको र तरहराकै खिले भनिने खिलानाथ घिमिरेलाई फोन गरेका थिए । फोनमा एकछिन भेट्ने काम छ भनी कुराकानी भएको थियो । पछि राजन र खिलानाथबीचको समूहबीच विवाद भएर छुरा प्रहार भएको थियो ।  

मृतक राजन फागुनमा मात्रै युकेबाट आएका थिए । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि देश लकडाउनमा भएपछि उनी युके फर्कन नपाएपछि यही बस्दै आएका थिए । तरहराका भीम राईका छोरा राजन सहित परिवार नै युकेमा बस्दै आएका थिए ।

प्रकाशित: १६ असार २०७७ ११:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App