८ वैशाख २०८१ शनिबार
समाज

बरुवा खोलामा डुबेर युवकको मृत्यु

सदरमुकाम गाईघाटस्थित बरुवा खोलामा डुबेर एक स्थानीय युवकको मृत्यु भएको छ । गर्मी छल्न नुहाउने क्रममा गाईघाट बजारपूर्व विसनपुरस्थित बरुवा खोलामा बालुवा झिक्न खनेको खाल्डोमा परी त्रियुगा नगरपालिका १३ हवाईफिल्डका ३८ वर्षीय सन्तोष भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

बोली नफुट्ने भुजेल डुबेको ठाउँभन्दा झण्डै डेढसय मिटर तल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घरदेखि विहान ८ः०० बजे निस्केका उनी दिउँसो १२ः०० बजे मृत अवस्थामा भेटिएको स्थानीयले देखेर प्रहरीलाई जानकारी आएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर भुजेलले बताए ।  

जिल्ला प्रहरीबाट खटेको टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी लास पोष्टमार्टमका लागि उदयपुर जिल्ला अस्पताल पठाएको एसपी दाहालले बताएका छन् ।

प्रकाशित: १६ असार २०७७ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App