२२ असार २०७७ सोमबार
समाज

वडा अध्यक्षमाथि निर्घात कुटपिट

दाङका एक वडा अध्यक्षमाथि कुटपीट भएको छ । शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष फर्साराम डाँगीलाई मंगलबार एक समुहले रड र लाठी प्रहार गरि घाईते बनाएको छन्। मंगलबार दिउँसो कार्यकक्षमा बसेर काम गरिरहेको बेला एक समुह भित्र प्रवेश गरि वडा अध्यक्ष डाँगीमागि रड र लाठी प्रहार गरेका थिए । 

वडा अध्यक्ष डाँगीको टाउको, हात र खुट्टामा गम्भिर चोट लागेको छ । ‘उहाँ (वडा अध्यक्ष) कार्यकक्षमा बसिरहेको बेला एक समुह भित्र प्रवेश गरेर निर्घात कुटपिट गरेको रहेछ,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले भने, ‘उहाँको टाउको, हात र खुट्टामा गम्भिर चोट लागेको छ ।’ एसपी भट्टराईका अनुसार वडा अध्यक्षमाथि आक्रमण गरेर त्यो समुह भागेको जनाईएको छ । प्रहरीले उनिहरुको खोजी गरिरहेको पनि जनाएको छ । 

‘आक्रमणकारी को हो ? भन्ने बारे अनुसन्धान भैइरहेको छ,’ एसपी भट्टराईले भने, ‘हामीहरू उनिहरुको खोजीमै छौं।’ उनका अनुसार वडा अध्यक्षमाथि आक्रमण हुनुको कारण पनि खुलिसकेको छैन । अपरिचित समुहको आक्रमणबाट गम्भिर घाईते वडा अध्यक्ष डाँगीलाई हेलिकोप्टर मार्फत उपचारका लागि काठमाडौं लगिएको छ । 

प्रकाशित: १६ असार २०७७ १७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App