४ वैशाख २०८१ मंगलबार
समाज

ट्याक्सी व्यवसायी किन आए सडकमा ?

ट्याक्सी चलाउन पाउनु पर्ने माग गर्दै ट्याक्सी व्यवसायीहरुले आन्दोलन उत्रिएका छन्। बानेश्वरस्थित यातायता व्यवस्था विभाग अगाडि प्लेकार्डसहित व्यवसायीले प्रर्दशन गरे।  

बन्दाबन्दीका कारण दैनिक जीविकोपार्जनमा मुस्किल भएको र मासिक किस्ता बुझाउन नसकिएकाले अब ट्याक्सी चलाउनु पाउनुपर्ने व्यवसायीहरुको भनाई छ।  

ट्याक्सी व्यवसायी अमर विकले लकडाउन अवधिभरको किस्ता ६ महिनापछिका लागि सार्नुपर्ने माग आफूहरुको रहेको बताए।

निजी सवारी साधन चल्न दिइएको अवस्थामा ट्याक्सीलाई मात्रै रोकेर श्रमगरी खानेका लागि अन्याय गरिएको उनले बताए।  

जनताको आवतजावतको अधिकारलाई सुनिश्चित गरेर सकारकारलाई दवाव दिन सचेत ढङ्गले आन्दोलन गरेको उपत्यका ट्याक्सी व्यवसायी संघका सानु पुर्वछाने मगरले बताए।

‘हामीलाई यस्तो अवस्थामा सडकमा निस्किएर जनतालाई दुःख दिने नियत छैन। श्रम गरिखाने श्रमिकको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन रचनात्मक आन्दोलन गरेका हौं', उनले नागरिकसँग भने’, ‘यतिबेला सबैभन्दा बढी ट्याक्सी व्यावसायी मारमा छन्। तर उल्टै हामीलाई लुटेरा र ठगको आरोप लगाइएको छ। यो अवस्था सरकारले बुझिदिनु पर्छ।’  

सरकारले श्रमिकमाथि अन्याय गरेकाले बताउँदै काम गरेर खाने व्यवस्था मिलाईदिन सरकारसँग आग्रह गरे।  

'बैंकको किस्ता तिर्नु पर्छ। परिवारलाई पाल्नु पर्छ अनी किन रोक्ने', उनी भन्छन्,‘बैंकको ब्याजलाई मिनाह गरिदिनु पर्छ।'  

उनीहरुको ‘सरकार कि हामीलाई काम गरि खान देऊ कि मामको व्यवस्था गरिदेऊ’, ‘ऋण थपियो, निन्द्रा लागेन’,  ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, ‘घरबेटीले कोठा भाडा माग्यो सरकार’ जस्ता नारासहित प्रदर्शन गरेका छन्।

 

प्रकाशित: १६ असार २०७७ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App