२२ असार २०७७ सोमबार
समाज

वर्षा अझै तीन दिन नथामिने, बाढीपहिरोको खतरा

फाइल तस्बिर

वर्षा अझै कम्तीमा तीन दिन नरोकिने भएको छ । मौमस पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ ।  

साथै  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । 

मंगलबार बिहान ६ बजे महाशाखाले जारी गरेको बुलेटिनमा २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दै भनेका छ : वर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार आगामी बिहीबारसम्मै वर्षा जारी रहने सम्भावना छ भने विभिन्न स्थानमा ठूलो पानी पर्ने क्रम यथावतै रहने अनुमान छ ।  

 

यो पनि पढ्नुहोस्

बाढीपहिरोको अर्थराजनीति

 

महाशाखाका अनुसार अहिले नेपालमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिमरदक्षिण-पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशमा मनसुनी वायु   (पूर्वी दिशाबाट बहेको) को प्रभाव छ साथै मनसुन न्युन चापीय रेखा नेपालनजिक छ । यसैका कारण दिनदिनै वर्षा भइरहेको हो । 

हरेक दिन वर्षा जारी रहेकाले बाढी पूर्वानुमान महाशाखाले पनि बाढीको सम्भावनाबारे नियमित सूचना जारी गर्ने गरेको छ । हेर्नुहोस् सूचना :

प्रकाशित: १६ असार २०७७ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App