coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मल, सिँचाइ र बीउको अभाव

प्रत्येक वर्ष झैं सोमबार धान दिवस प-यो। अघिपछि सुकिला लुगा लगाएर सभा, समारोहमा देखिने मन्त्री, सांसद र नेताहरू प्नि हिलोमा टेक्न पुग्छन्। औपचारिकताका लागि खेतमा हिलोमा गएर रमाउने र प्रचार गर्ने मन्त्री र नेताले किसानले बर्सेनि भोग्ने मलखाद, सिँचाइ र उन्नत बीउको समस्या समाधान गर्न ध्यान दिएको देखिँदैन। सुदूरपश्चिममा धान दिवस मनाइरहँदा किसानहरू रासायनिमक मल नपाएर समस्यामा छन् भने सदूरपश्चिममा धान खेती हुने करिब आधा जमिनमा अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ। सुदूरपश्चिमका पहाडी जिल्लाका कयौं किसानले अहिले पनि परम्परागत धानको बीउ प्रयोग गरिरहेका छन्।

‘म ४–५ बिघामा धान खेती गर्छु। धान रोप्ने चटारो छ। तर युरिया मल नपाएर समस्या भएको छ,’ कैलाली भजनीका किसान फूलराम चौधरीले भने, ‘धान दिवस भन्छन्, हामी किसानले मल, सिँचाइ र उन्नत बीउ नपाउने वर्षौंदेखिको समस्या जस्ताको तस्तै छ।’ मल अभावले उत्पादन घट्ने चिन्ता किसानलाई छ। ‘सधैं मल प्रयोग गरेको खेतमा यस वर्ष हाल्न नपाए उब्जनी घट्छ,’ कैलाली गाउँपालिकाका किसान सुरेशकुमार चौधरी भन्छन््, ‘धेरै ठाउँ जाँदा पनि मल पाइएन। मलबिना नै खेती गर्नुपर्ने बाध्यता छ।’

मल आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेडले सुदूरपश्चिममा डिएपी सात हजार ५० मेट्रिक टन, युरिया आठ हजार मेट्रिक टन र पोटास दुई सय ७५ मेट्रिक टन क्षमता रहेकोे जनाएको छ। ८० प्रतिशत किसानले डिएपी मल पाइसकेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीको दाबी छ। उनले डिएपी ६ हजार एक सय तीन, युरिया १० हजार चार सय ५५ र पोटास दुई सय ४६ मेट्रिक टन आयात भएको उनको भनाइ छ। बा“की मल आउने क्रममा रहेको भन्दै उनले केही दिनभित्रै किसानले पर्याप्त मात्रामा पाउने दाबी गरे।

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले किसानलाई युरिया अलिकति अभाव भएको बताए। केही दिनमा युरिया पनि पुग्ने उनको भनाइ छ।  

सुदूरपश्चिममा एक लाख ८१ हजार ६ सय चार हेक्टरमा धान खेती हुन्छ। योमध्ये करिब ५२ प्रतिशतमा सिँचाइ सुविधा पुगेको उनको भनाइ छ। जान्नेले अन्नत बीउ प्रयोग गरे पनि पहाडतिरका किसानले परम्परागत बीउ नै प्रयोग गर्ने उनी बताउँछन्। ‘कैलाली र कञ्चनपुरमा समस्या छैन, तर पहाडतिर अहिले पनि परम्परागत बीउ नै प्रयोग गर्ने गरेका छन्।’

सुदूरपश्चिम प्रदेशभर कुल खेतीयोग्य जमिनमध्ये ४९.६४ प्रतिशतमा रोपाइँ भइसकेको छ। सुदूरपश्चिम एक लाख ८१ हजार ६ सय चार हेक्टरमा धान रोपाइँ हु“दै आएकोमा शनिबारसम्म ९० हजार एक सय ५६ हेक्टरमा सकिएको उनले बताए। सबैभन्दा बढी रोपाइँ अछाममा भएको छ भने सबैभन्दा कम डोटीमा छ। अछाममा १६ हजार पा“च सय ८० हेक्टरमध्ये नौ हजार नौ सय ४८ हेक्टरमा रोपाइँ सकिएको छ। डोटीमा १० हजार आठ सय ९८ हेक्टरमध्ये तीन हजार आठ सय १४ हेक्टरमा रोपाइँ भएको छ।

प्रकाशित: १६ असार २०७७ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App