८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकामा कोरोना समुदायमा फैलिने संकेत

मृत्यु हुनेको संख्या २९ पुग्यो

आइतवार विहान स्टार अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट स्थायी घर भएका पुरुषमा सोमवार कोरोना पुष्टि भएको हो । उनको स्वाबको नमूना परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिषठनमा लगिएको थियो । उनीसंगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । मृतकलाई श्वास–प्रश्वासमा समस्या भएपछि असार १३ गते रौतहतवाट काठमाडौं ल्याइएको थियो । उनमा तीन महिनादेखि फोक्सोमा समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

सोमवार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । ती मध्येमा १५ सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष छन् ।  

सोमवार थप १ सय २१ जना निको भई बिभिन्न अस्पालहरुवाट निको भएका छन् । यो सहित नेपालमा कोरोनावाट निको हुनेको संख्या ३१ सय ३४ पुगेको छ । ती मध्ये महिला २ सय ६८ र पुरुष २८ सय ६६ जना छन् ।  

पछिल्लो चौविस घण्टामा थप ७ हजार ७ सय ९१ वटा नमूनाको पिसिआर विधिवाट परिक्षण भएको थियो । हाल क्वारेन्टिनमा ५७ हजार ३ सय ६७ जना क्वारेन्टिनमा छन् भने १० हजार ८५ जना आइसोलेसनमा छन् ।  

सोमवार सवै भन्दा बढी संक्रमित हुने जिल्लाहरुमा बाजुरामा ६६ जना, दाङमा ५८, कैलालीमा ५८, अर्घाखाँचीमा ३८, गुल्मीमा २०, पाल्पा र वाग्लुङमा १४, पर्वतमा १३ जना छन् । त्यसैगरी अन्य जिल्लामा पनि संक्रमण थपिएको छ ।  

काठमाडौं उपत्यकामा सोमवार थप ८ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा काठमाडौका ६ जना, ललितपुरका १ जना र भक्तपुरमा १ जना छन् । पछिल्लो समय काठमाडौ उपत्यकाको घनावस्ती भएका ठाउँहरुमा कोरोना पुष्टि भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकावासीलाई सचेत हुन आग्रह गरेका छन् ।  

काठमाडौं उपत्यकामा पछिल्लो समयमा पुष्टि भएका संक्रमितहरुको जोखिम ठाउँमा गएको र विदेशबाट आएको, कसैलाई भेटेको हिस्ट्री नभएका दुई÷चार वटा भेटिएकोले समुदायमा फैलिन सक्ने जोखिम रहेको प्रवक्ता गौतमले बताए । तर उल्लेख्य संख्यामा नभेटिएसम्म समुदायमा फैलिएको भन्न नमिल्ने उनले बताए । ‘दुई चार जना यस्तो केश भेटिंदैमा समुदायमा फैलिएको भन्न मिल्दैन, तर यस्तो केश धेरै भए भने समुदायमा फैलिएको हुन्छ ’ उनले सोमवार साँझ नागरिकसित भने ।  

सोमवार मन्त्रालयको नियमति पे्रस बि«फिङको क्रममा गौतमले भने, ‘काठमाडौको घनावस्तीमा कोरोना संक्रमण बढ्दै गएको छ,अत्यावश्यक काम वाहेक वाहिर ननिस्कनु होला,वाहिर निस्कंदा भौतिक दुरी कायम गर्नु’ उनले भने । यसको साथै अनिवार्य रुपमा सावुन पानीले हात धुने, वाहिर निस्कंदा अनिवार्य रुपमा माक्स र सेनिटाइजरको प्रयोग गर्ने,व्यक्तिगत सफाइ, घर तथा कार्यालयका सफाइ प्रभावकारी रुपमा गर्नु पर्ने जस्ता नियम अनिवार्य रुपमा पालना गरेर कोरोना समुदायमा फैलिनवाट वच्न सुझाए ।  

यसको साथै डा. गौतमले उपत्यकावासी खुकुलो लकडाउनलाई कोरोनाको जोखिम नभएजस्तै गरी भीडभाड बढाउन थालेको,भौतिक दुरी कायम नराखी भेटघाट गर्ने लगायतका जोखिमजन्य गतिविधि गरिरहेको उनले बताए । ‘काठमाडौमा संक्रमण दिनहुँ बढिरहेको छ, सवै जना सचेत हुनु होला’उनले पुन केन्द्रित हुँदै भने ।  

टाउकोमा चोट लागी उपचारको लागि पाटन अस्पताल पुर्‍याइएका ललिपतुरका अढाइ वर्षीय वालकको ट्राभल हिस्ट्री नभएको पाइएको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । उनको ट्राभल हिस्ट्री नभएको र काठमाडौंमा भेटिएका अन्य केही संक्रमित पनि उपत्यका बाहिरबाट नआएको अवस्था रहेको पाइएको छ । 

काठमाडौ उपत्यकामा कोरोना संक्रमण समुदाय स्तरमा पुगेको हुन सक्ने महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले संकेत गरेका छन् । समुदायमै फैलिसकेको÷नसकेको वारेमा भने अध्ययन नभइसकेको महाशाखाको सर्भिलेन्स शाखा प्रमुख महेन्द्र ध्वज अधिकारीले बताए ।

प्रकाशित: १५ असार २०७७ १४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App