coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङमा एक जना कोरोना संक्रमित थपिए

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक जना संक्रमित थपिएका छन् । आइतबार मात्र दुई पुरुष र एक महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको नगरपालिकामा सोमबार एक २५ वर्षीया महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको हो । 

हप्ता दिनअघि भारतबाट आएर होम क्वारेन्टिनमा बसेकी दिक्तेलबजार रत्नपार्ककी महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए । यसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संक्रमितको संख्या चार पुगेको छ ।  

रावाबेँसी गाउँपालिका स्थायी ठेगाना भए पनि दिक्तेलको रत्नपार्कमा बस्दैआएकी महिलालाई संक्रमण भएको पूष्टी भएपछि दिक्तेलबजार क्षेत्रमा त्रास फैलिएको छ । घर सिल गरेर संक्रमित महिलालाई तत्काल जिल्ला अस्पतालमा बनाइएको आइसोलेसनमा लगेर राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर बिणादेबी राईले बताईन् । उनलाई उपचारमा पठाउने तयारी गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्ष र ३८ वर्षका पुरुष तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी २५ वर्षीया महिलालाई सोमबार मात्र अस्पताल भर्ना गरिएको छ ।  

यस्तै, कोरोना संक्रमण भएकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीया महिलालाई पनि उपचारमा पठाउने तयारी भइरहेको छ । संक्रमण भएको पूष्टी भएपछि उनलाई छुट्टै राखेर परिवारका सदस्यको पिसिआर परीक्षणको तयारी भइरहेको ऐसेलुखर्क गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले बताए । 

प्रकाशित: १५ असार २०७७ १४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App