coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङका थप चार जनालाई कोरोना संक्रमण पुष्टि

खोटाङका थप चार जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्ष र ३८ वर्षका पुरुष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका २५ वर्षीय महिला र ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।  

१८ वर्षीय युवा भारतबाट तथा अन्य युवायुवती तेश्रो मुलुकबाट आएका हुन्। विभिन्न स्थानबाट आएपछि क्वारेन्टीनमा राखिएका १५ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि असार १० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। घर जाँदै गरेको अवस्थामा ऐसेलुखर्क गाउँपालिकाकी महिलाको दिक्तेलमा स्वाव संकलन गरेर गाउँ पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले उनीहरुलाई कोरोना संक्रमण भएको पुष्टि भएको भएको आइतबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।  

यसअघि हलेसी तुवाचुङ नगरपालिकाका चार जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन्।

प्रकाशित: १४ असार २०७७ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App