coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी जवानलाई कोरोना संक्रमण

खोटाङबाट प्रहरी प्रधान कार्यालय काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनले काजमा काम गरेको प्रहरीचौकीका प्रहरी र उनका परिवारको पिसिआर परिक्षणको तयारी गरिएको छ।  

बिदामा घर आएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अस्थायी प्रहरीचौकी छितापोखरीमा काजमा महिना दिन विताएर काठ्माण्डौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि अस्थायी प्रहरीचौकी छितापोखरीमा कार्यरत ५  जना प्रहरी, संक्रमति जवानका परिवारका ५ जना तथा सोही प्रहरीचौकीमा कार्यरत प्रहरीकै एक जना सदस्य गरी ११ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर पठाइएको छ। प्रहरी र प्रभावित परिवारका सदस्यसँगै विभिन्न देशबाट आउनेक्रममा भँडारेघाटस्थित क्वारेन्टीनमा राखिएका ३२ जनाको स्वाव संकलन गरेर आइतबार पिसिआर परिक्षणका लागि प्रदेश प्रयोगशाला बिराटनगर पठाइएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मुस्ताक अहमद मन्सुरीले बताए। पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्न शनिबार जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मीको टोली दिप्रुङ चुईचुम्मा गाउँपालिका पुगेको थियो।  

गत फागुनमा बिदामा घर आएका थापा थरका प्रहरी जवान लकडाउनका कारण गत जेठ ६ गतेदेखि अस्थायी प्रहरीचौकी छितापोखरीमा सम्पर्क काजमा बसेका थिए। दरबन्दी भएको प्रहरी प्रधान कार्यालय अपराध महाशाखामा हाजिर हुनका लागि असार ८ गते ना १ ज ६०८३ नम्बरको जीपमार्फत काठ्माण्डौं गएपछि पिसिआर परिक्षणकाक्रममा उनलाई कोरोना संक्रमण भएको पूष्टि भएको थियो। काठ्माण्डौं जानेक्रममा असार ४ गते अस्थायी प्रहरीचौकीबाट रवाना बुझेका उनी असार ७ गते घरबाट पैदल हिँडेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित आफ्नो दिदिको घरमा पुगेको ट्राभल हिस्ट्रीले देखाएको छ। संक्रमित पूष्टि भएका प्रहरी जवानसँग बाम्राङकै दुई जना पुरुषले जीपमा यात्रा गरेको पाइएको छ। सो जीपका चालक भने काभ्रे चैरेदेउरालीका छन्।  

आफन्तको घरमा आएका प्रहरी जवानलाई संक्रमण भएको पूष्टी भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा समेत त्रास फैलिएको वडाध्यक्ष ललित राईले बताए। उनको सम्पर्कमा पुगेका १२ जनाको पिसिआर परिक्षणका लागि शुक्रबार नगरपालिका समक्ष लिखित माग राखिएको वडा कार्यालय बाम्राङले जनाएको छ। प्रहरी जवान काठ्माण्डौं जानुअघि कहाँ–कहाँ पुगे वा क–कसको सम्पर्कमा पुगे भन्ने बारेमा अझै खुल्न बाँकी रहेको छ।  

प्रकाशित: १४ असार २०७७ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App