coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

म्याग्दीमा थप चार जनाले जिते कोरोना, निको हुनेको संख्या ६ पुग्यो

म्याग्दीमा चार जनाले शनिबार कोरोना जितेका छन् । सदरमुकाम बेनीको खुल्लामञ्चको शैक्षिक तालिम केन्द्रको आइसोलेसन वार्डमा उपचाररत एक महिलासहित चार पुरुषले कोरोना जितेका हुन्। कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएका एक पुरुषको तेस्रो र महिलासहित तीन जनाको दोस्रो पटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

उनका अनुसार कोरोना संक्रमणबाट मुक्त हुनेमा बेनी नगरपालिका–३ भकिम्लीका दिलप्रसाद आचार्य, मालिका गाउँपालिका–३ रुमका ३० वर्षीय विकास विक, रघुगंगा गाउँपालिका–२ की ३० वर्षिया भण्डारी थर गरेकी महिला र  मंगला गाउँपालिका–५, अर्मनका २० वर्षिया भिमबहादुर तरामी रहेका छन् । रघुगंगा–२ भगवतीकी महिलाको रिपोर्ट नेगेटिभ आएपनि उनीसँगै रहेक ९ वर्षीया छोरीको दोस्रो रिपोर्ट पोजेटिभ आएको छ । कोरोना जित्नेमा मालिका–३ रुमका विक बाहेक सबै भारतबाट आएका हुन् ।

कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर आइतबार डिस्चार्ज गरिने जनाइएको छ । आइसोलेसनमा १२ जनामध्ये चार जनाले कोरोना जितेपछि अब ८ जना रहेका छन् ।

प्रकाशित: १३ असार २०७७ १४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App