coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

समाजमा फैलियो कोरोना, चिन्ता बढ्यो

रौतहटको विभिन्न क्वारेन्टिनमा हजारभन्दा बढी कोरोना संक्रमित हुँदा पनि समाजमा संक्रमण फैलिएको थिएन। तर एकै दिन समाजमा तीन जनामा संक्रमण फेला परेपछि चिन्ता बढेको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण साहले चिन्ताको विषय भएको बताएका छन्।

संक्रमित तीन जनामध्ये एक जना पसले, एक जना सवारी चालक र अर्का एकजना युवक हुन्। रौतहटबाट काठमाडौँ जानको लागि पिसिआर जाँच गराएर जान सोचेका ईशनाथ नगरपालिका वडा नम्बर २ का १७ वर्षे नवयुवकमा कोरोना संक्रमण पुष्टि भएको हो।

हाल उनी गौर नगरपालिका ५ मा बस्दै आएका छन्। यसै गरी ईशनाथ ३ का २५ वर्षीय युवक सवारी चालक हुन्। एक जना वडाध्यक्षको सवारी चालक युवकमा कोरोनाको संक्रमण पुष्टि भएपछि गाउँमै चिन्ता थपिएको स्थानीयको भनाइ छ।

भारतको मोतिहारी कोरहिया घर भएका एकजना ३० वर्षे पसल संचालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। गौर ५ स्थित ससुराली घरमा बस्दै आएका र बौद्धिमाई नपाको बंकुल बजारमा पसल संचालन गरेका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कोरोना संक्रमणको पुष्टि भएकाहरुको परिवारका सदस्यका साथै सम्पर्कमा आएकाहरुको स्वाब संकलनको काम भइरहेको जानकारी गराएका छन्। सम्पर्कमा आएकाहरुको रिपोर्ट आएपछि सामाजिक संक्रमणको अवस्थाबारे केही भन्न सकिने प्रजिअ घिमिरेको भनाइ छ।  

कोरोना संक्रमण समाजमा फैलिएको हो कि भन्ने चिन्ताले सामाजिक संजाल भरिएका छन्। समाजका विभिन्न वर्गका मानिसले अझ बढी सतर्क हुनुपर्ने बताइरहेका छन्।

प्रकाशित: १३ असार २०७७ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App