coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ईट्टा उद्योगको आडमा गाजाको कारोबार

गाँजा ढुवानी गरेर आएको ट्रक सहित तीन जना पक्राउ

ईट्टा उद्योगबाट बरामत गरिएको गाजा बोरा देखाउँदै बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनी लगाएतका प्रहरी अधिकारीहरू ।

करैयामाई गाउँपालिका–३ मा सञ्चालित बुलेट ईट्टा उद्योगको आडमा अवैध गाजाको कारोबार गरिदै आएको खुल्न आएको छ। बिहिबार राती हेटौडाबाट ना७त ४२५२ नम्बरको ट्रकमा लोड गरि ल्याइएको एक सय २५ किलो गाजालाई ईट्टा उद्योगमा लुकाउँदै गरेको अवस्थामा ट्रक सहित तीन जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ट्रक चालक सुबोध प्रसाद यादव, सम्सुल देवान र लक्ष्मीबहादुर राई रहेको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।  

बुलेट ईट्टा उद्योगमा ईट्टा लिन आएको  ना ७ त ४२५२ नम्बरको ट्रकमा हेटौडाबाट गाजा पनि लिएर आएको सुचना पाए पछि प्रहरीलाई खटाउँदा प्रहरीले ट्रकबाट गाजालाई अनलोड गरी ईट्टा उद्योगमा लुकाउँदै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिए पनि अन्यहरू फरार भएको उपरीक्षक पगेनीले बताए।

हेटौडाबाट गाजा  लिएर आएकोे ट्रक

गाजाको कारोबारमा ईट्टा उद्योगका सञ्चालक प्रमोद प्रसाद जैसवालको समेत भुमिका शंकास्पद देखिएकोले उनलाई खोज्ने कार्य शुरु गरिएको पगेनीको भनाइ छ।

महागढीमाई नगरपालिका–३ गन्जभवानीपुर मामा घरमा बस्दै आएका जैसवालले निजगढ र रतनपुरमा रहेका आफन्तहरूको सहयोगमा वर्षौदेखि ईट्टा उद्योगको आडमा लागुऔषध गाजाको कारोबार गर्दै आएको थाहा पाएर उनलाई पक्राउ गर्न पहिलादेखि नै प्रहरीले प्रयास गर्दै आएको बारा प्रहरीले जनाएको छ।

बारा प्रहरीले पक्राउ गरेकाहरू

प्रकाशित: १२ असार २०७७ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App