८ वैशाख २०८१ शनिबार
समाज

दैलेखमा ३३ जना सुरक्षाकर्मी कोरोना संक्रमित

दैलेखमा सुरक्षार्थ खटिएका ३३ जनामा कोरोना भाइरस देखिएको छ। विभिन्न क्वारेन्टिन सुरक्षा तथा अन्य ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिएको हो।  

स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार २० जना सशस्त्र प्रहरी, ९ जना नेपाल प्रहरी र ४ जना नेपाली सेना गरि ३३ जना सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिएको हो। दैलेखमा कार्यरक्त ३३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले बताए। कोरोना संक्रमितसंग नजिक रहेर खटिएका सबैको कोरोना परीक्षणको दायरामा ल्याइएको छ। दैलेखमा सुरक्षाकर्मीसंगै १० जना स्वास्थ्यकर्मी अन्य कर्मचारीमा पनि कोरोना देखिएको छ।

दैलेखमा भारतबाट आएका ब्यक्तिहरुको सुरक्षाका लागि खटिएका उनीहरुमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको जनाइएको छ। अहिले उनीहरुलाई आफ्नै कार्यालयभित्र आसोलेसन बनाएर उपचारको ब्यवस्थापन गरिएको छ। सवैको प्रहरीको चेकजाँच गरिएको र नेगेटिभ रिपोर्ट आएकाहरुलाई सुरक्षित भएर सुरक्षा दिइरहेको सशस्त्र प्रहरी बल दैलेखका प्रमुख जिवन भटराईले बताए। दैलेखका विभिन्न क्वारेन्टिनमा भएको आन्दोलन शान्त बनाउन प्रहरी अग्र मोर्चामा खटिएका कारणले पनि धेरै संख्यामा प्रहरीमा कोरोना देखिएको हो।

 कोरोना संक्रमित आन्दोलित भएर बजार तथा स्थानीयहरुसंग जान थालेपछि प्रहरीले आम्नेसाम्ने भएर रोकेको थियो। कोरोना संक्रमितको सुरक्षा र आन्दोलनमा स्थानीयसंग हेलमेल नहुन भनेर प्रहरी कोरोना संक्रमितसंग डटेर खटिएको कारण अहिले प्रहरीमा पनि कोरोना देखिएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) हरीबहादुर ओलीले बताए।

 भारतबाट जिल्लामा ब्यक्तिहरु आउन थालेपछि उनीहरुको हेरचाहमा प्रहरी चौविसै घण्टा खटिएको थियो। जिल्लामा अहिलेसम्म ७ सय ३६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। दैनिक ३ सय जनाको कोरोना परीक्षण गर्ने सक्ने क्षमताको पिसिआर मेशिन समेत पशु अस्पताल दैलेखमा जडान गरिएको छ।

प्रकाशित: १२ असार २०७७ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App