८ वैशाख २०८१ शनिबार
समाज

बुद्धचित्तको बोट कुर्न बसेका स्थानीय र लुटेरा समूहबीच झडप

काभ्रेको विकट ठाँउ मानिने रोशी गाउँपालिकाको घोप्टेखोलामा गएराति झडप भएको छ । बुद्धचित्तको बोट कुर्न बसेका स्थानीय र लुटेरा समूहबीच झडप भएको हो ।

झडपका क्रममा चारचना स्थानीय घाइते भएका छन् । यो बेला बुद्धचित माला बनाउने बहुमुल्य बुद्धचित फल टिप्ने बेला हुन लागेकाले स्थानीयवासी बोट कुरेर बस्दै आएका छन् । अहिले गाउलेहरु मिलेर हरेकरात १५ जना व्यक्ति बोट कुर्न बस्छन् ।  

सोहि क्रममा बुद्धचित चोरी गर्न केहि व्यक्तिहरु बिहिवार राति घोप्टेखोलामा पुगेका थिए । उनीहरुले स्थानीयलाई तर्साउन बमजस्तै मानिने होक्स बनाएर धराप थापेका थिए ।  

स्थानीयले बम राखेको भन्दै राति नै प्रहरीलाई खबर गरेका थिए। सो क्षेत्र बिकट मानिने भएकाले प्रहरी पुग्न झण्डै डेड घन्टा लाग्छ ।  इलाका प्रहरी कार्यालयको प्रहरी टोली राति १२ बजे झडप भएको ठाउँमा पुगेको काभ्रेपलान्चोकका प्रहरी प्रमुख एसपी रबि कुमार पौडेलले जानकारी दिए ।  

उनका अनुसार बिकट ठाउँ भएकोले समयमै प्रहरी पुग्न सकेको थिएन । राति १२ बजेमात्रै प्रहरी पुगेको थियो । प्रहरीले चोरी गर्न आएको गिरोहलाई लखेटेको थियो । तर कोहि पक्राउ भने परेका छैनन् । ‘रातिको वेला अन्धाधुन्ध हामी गिरोहलाई पिछा गरेका थियौं, उक्त समूह विप्लवकै रहेको सुनेका छौ,’ उनले भने, यसबारेमा थप अनुसन्धान भैरहेको छ । उनका अनुसार बुद्धचित चोरी गर्न आएको गिरोहले मुडा र तार तेर्साएको थियो । घटनाबारे बुझ्न गाउपालिका, प्रहरी, नेपाली सेनाको टोली उक्त ठाउँमा पुगेको छ ।

प्रकाशित: १२ असार २०७७ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App