८ वैशाख २०८१ शनिबार
समाज

एकैदिन ७० जना कोरोना मुक्त

कोरोना मुक्त भएकाहरूलाई विदा गरिंदै । तस्बिर : नागरिक

प्रदेश १ मा एकैदिन ७० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार प्रदेश १ का विभिन्न जिल्लाका ७० जना कोरोना मुक्त भएर घर फर्किएका हुन् ।  

डिस्चार्ज हुनेहरूमा मोरङका १२, झापाका २९, सुनसरीका २०, ताप्लेजुङका  १, भोजपुरका १, उदयपुरका ४, इलामका २ र पाँचथरका १ जना छन् । कोरोना मुक्त भएका सबै पुरुषहरू रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा बिहीबार ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिएकाहरूमा २ जना महिला र ५ जना पुरुष छन् । जसमा मोरङ विराटनगर महानगरपालिकाका १, झापा बाह्दशीका १, सुनसरी दुहवीका १ र बराह क्षेत्रका १ जना पुरुष छन् ।  

यस्तै सुनसरी कोसी गाउँपालिकाका २ जना महिलामा पनि कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिहीबार ७ जना थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय ३ पुगेको छ । जसमा ३ सय ५६ जना डिस्चार्ज भइसकेका छन् । हाल १ सय ४० जना प्रदेशका विभिन्न अपतालमा उपचाररत छन् ।

प्रकाशित: ११ असार २०७७ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App