१६ चैत्र २०८० शुक्रबार
समाज

लागूऔषध कारोबारमा सुरक्षाकर्मी नै संलग्न ! प्रहरी निरीक्षक शाही पक्राउ

लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरी निरीक्षक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रवहादुर शाही लागूऔषध कारोबारमा संलग्न रहेको भेटिएका हो।  

प्रहरीको लागूऔषध व्युरोले बुधबार ६ सय ५० बोत्तल कोरेक्स बरामद गरेको थियो। उक्त कोरेक्स कारोबारमा शाहीको संलग्नता देखिएको व्युरोले जनाएको छ। शाही अहिले ब्युरोको कार्यालयमा छन्। लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै उनलाई बिहिबार कार्यालयमै पुगेर व्युरोको टोलीले सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए। शाही यसअघि पनि विवादमा पर्दै आइरहेका थिए।

 

 

प्रकाशित: ११ असार २०७७ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App