coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुदूरपश्चिममा नौ दिनमै १ हजार बढी संक्रमित थपिए

सुदूरपश्चिममा असार महिनाको शुृरुवातसंगै कोरोनाको संक्रमण ह्वात्तै बढेर गएको छ । चैत १४ गते दुवैवाट फर्केको पहिलो युवामा कोरोनाको संक्रमण देखिएको सुदूरपश्चिममा बैशाख १ गते देखा परेका पाँचौ संक्रमितसहित सवै निको भएर घर फर्केका थिए । केहि दिन कोरोना संक्रमण मुक्त झै देखिएको सुदूरपश्चिममा ४० दिनपछि जेठ ९ गते पुनः भारतबाट फर्केका ५ जनामा संक्रमण देखियो ।  

पहिलो संक्रमित फेला परेको अढाई महिना जेठ ३२ गतेसम्म २ सय ६१ जना संक्रमित थिए । असार १ गतेदेखि यता प्रत्येक दिन संक्रमण दर ह्वात्तै बढेर गएको छ । असार ९ गतेसंम्म संक्रमितको संख्या १२ सय ६१ पुगेको छ । ९ दिनमा एक हजार नयाँ संक्रमित थपिएका छन् । सुरुमा संक्रमण देखिएका ५ जना निको भएर घर फर्केपछि सहज अवस्था देखिएको सुदूरपश्चिममा गत जेठ महिनाको पहिलो सातादेखि भारतबाट घर फर्केका नेपालहरुमा संक्रमण देखिन थालेको हो । 

भारतबाट आएकाहरुलाई अव्यवस्थित र घुलमिल हुने गरि क्वारेन्टिनमा राखियो । क्वारेन्टिनबाट भरपर्दो नभएको आरडिटी जाँचको रिपोर्टमा नेगेटिभ आएको मात्र नभई पोजेटिभ आएकालाई पनि पिसिआरको रिपोर्ट नआउदै घर घर पठाइयो । संक्रमितहरुलाई नै घर घर पठाइएपछि र उनीहरु घुलमिल भएकाले संक्रमण सुदूरपश्चिममा समुदायमा फैलिएको छ ।  

संक्रमण दर ह्वात्तै बढेपनि परिक्षण सुस्त हुदाँ अवस्था भयाभह हुने भएको छ । सुदूरपश्चिममा अहिले सम्म धनगढीमा रहेको एक मात्र प्रयोगशाला परीक्षण हुने भएकाले परिक्षण निकै सुस्त छ । धेरै व्यक्तीको नमुना नै संकलन हुन सकेको छैन भने संकलित नमुनाको पनि दुई तीन सातापछि मात्र जाँचको रिपोट आउने भएको छ । याहाँ संकलन भएका नमुना थुप्रिएपछि जाँचका लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पनि पठाउने गरेको छ । संक्रमण दर बढेको र कन्ट्रयाक्ट ट्रेसिङ, लक्षण भएका र आरडिटी पोजेटिभ भएकाको नमुनाको चाप बढ्दो भएकाले परिक्षण ढिलो हुने गरेको छ । संकलन भएका ७ हजार ३ सय भन्दा बढी नमुना जाँच हुन वाँकी रहेका छन । परीक्षण ढिलो भएकाले रिपोट नअआउदै संक्रमित समुदायमा घुलमिल हुने गरेको अवस्था रहेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले सुदूरपश्चिममा संक्रमण बढ्दै गएको र अझै धेरै बढ्ने संभावना रहेको बताएका छन् ।‘भारतबाट आएका व्यक्तिहरु कुनै न कुनै रुपमा कोरोनाको किटाणु बोकेर आएका छन्, सवैको परीक्षण हुन सकेको छैन’उनी भन्छन,‘सुदूरपश्चिममा अझै संक्रमितको संख्या धेरै बढ्ने संभावना देखिन्छ ।’ कोरोना भाइरसको संक्रमण भएको व्यक्तिमा लक्षण नदेखिएकाले भारतबाट आएका धेरैमा कोरोनाको संक्रमण हुनसक्ने उनको भनाई छ ।‘लक्षण नभएकाले परीक्षणले मात्र कोरोना संक्रमण थाहा हुने अवस्था छ’उनले भने ।  

संक्रमितलाई निको नहुदै घर घर पठाउन, १४ दिनसम्म लक्षण नभएकालाई घर पठाउने भन्दै पिसिआर रिपोर्ट नआउदै घर घर पठाएर संक्रमितलाई समुदायमा घुलमिल गर्न लगाउने निर्देशन डा. अवस्थीले दिएको भन्दै आलोचना भैरहेको बेला उनले मन्त्रालयको ऐन कानुन र निर्देशिका बमोजिम नै आफूले निर्देशन दिएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सासंदहरुले संक्रमितलाई घरमै बस्न लगाएको भन्दै उभिएर बिरोध गरेका थिए ।‘संक्रमितहरुलाई उपचार गर्नुको साटो घरमै वस्न भन्ने र समुदायमा संक्रमण फैलिने अवस्था ल्याउने गैर जिम्मेवार भएकाले विरोध गरेका हौं’नेपाली काग्रेस संसदिय दलका नेता डा. रणवहादुर रावलले भने ।

समुदायमा संक्रमण फैलिए महामारी भयाभह हुन सक्छ–बिज्ञ

जेठ महिना यता मात्र सुदूरपश्चिममा भारतवाट १ लाख बढी भित्रिएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा सवै गरेर अहिले सम्म ११ हजार ६ सय ९ जनाको मात्र पिसिआर जाँच भएको छ । भारतबाट आएकाको ठूलो संख्याको जाँच हुन बाँकी छ भने जेठ महिना यतामात्र भारतबाट आएका मध्य करिव ८० हजार बढी घर घर गैसकेका छन् । परीक्षण सुस्त भएकाले र लक्षण नदेखिएका कारण समुदायमा घुलमिल भएका संक्रमितबाट संक्रमण समुदायमा महामारीको रुपमा फैलिने खतरा रहेको बिज्ञ बताउँछन् ।

‘सवैभन्दा बढी संख्यामा भारतबाट नेपाल आउने यसै प्रदेशको छन् भने अरुको तुलनामा सवैभन्दा कम जाँच पनि यही छ’बिज्ञ वरिष्ठ फिजिसियन शुभेस राज कायस्थ भन्छन्,‘कोरोनाको संक्रमण विस्तारै समुदायमा जान्छ र त्यसपछि ह्वात्तै बढ्छ ।’

बाहिरबाट आएका व्यक्तिमा मात्र संक्रमण हुन्जेल त्यती अवस्था जटिल नहुने उल्लेख गर्दै उनी भन्छन्,‘कुनै पनि देशमा समुदायमा संक्रमण फैलिएपछि जटिल प्रवृतीका बिरामी बढ्ने र मृत्युदर बढ्ने गर्छ ।’ समुदायमा बृद्धबृद्धा, अशक्त, दिर्घरोगी हुने लगायत सवै प्रकारका व्यक्ति भएकाले संक्रमणले जटिल प्रकृतीका बिरामी ह्वात्तै बढ्ने उनी बताउँछन् । सुस्त परीक्षण र संक्रमित समुदायमा घुलमिल भएकाले संक्रमण समुदायमा फैलिएर महामारीको रुप लिने अत्यन्त जोखिम बढेको उनी बताउँछन् । ‘समुदायमा फैलिएपछि धेरै कडा प्रकारका बिरामी देखिनेछन् र मृत्युदर पनि बढ्ने छ, त्यो जोखिकमा सुदूरपश्चिम पुगेको छ’उनी भन्छन,‘त्यही प्रकारको तयारी गर्नुपर्छ ।’

छिमेकी कर्णाली प्रदेशमा मात्र ३ प्रयोगशाला हुँदा सुदूरपश्चिममा एक मात्र प्रयोगशाला रहेको छ । चैत १५ गते प्रदेश सरकारले ३ वटा प्रयोगशाला खोल्ने निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

सुदूरपश्चिममा भारतमा कोरोना फैलिएपछि अढाई लाख नेपाली भित्रिएका छन् । भारतबाट ठूलो संख्यामा भित्रिएका नेपालीहरुको सुरक्षित रुपमा व्यवस्थापन गर्न चुकेका कारण कोरोना समुदायमा फैदिने डरलाग्दो अवस्था भएको स्थानीय बताउँछन् । सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट ५ जनाको ज्यान गैईसकेको छ ।

प्रकाशित: १० असार २०७७ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App