१६ चैत्र २०८० शुक्रबार
समाज

पहिरोमा परि मृत्यु हुनेको संख्या ४ पुग्यो

पहिरोमा पुरिएका सवारी साधन । तस्बिरः मुक्ति/नागरिक

शुक्रबारदेखिको बर्षाका कारण तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिरोमा मृत्यु हुनेहरुको संख्या चार पुगेको छ । सोमबार गएको पहिरोले ४ सवारी साधन बगाएको थियो । प्रहरीले मङगलबार दिउँसो पहिरो पन्छाउने क्रममा थप एक जनाको शव फेला पारेको छ । यससँगै मृत्यु हुनेको संख्या ४ पुगेको हो ।  

सोमबार मृत्यु हुनेहरुमा भरतपुर महानगरपालिका–२९ चितवनका ३३ वर्षीय बीरबहादुर गुरुङ, रिब्दीकोट गाउँपालिका–२, देउरालीका वर्ष ३२ का भुवन खाम्चा र पाँचखाल नगरपालिका–८, काभ्रेका वर्ष २८ का निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मंगलबार दिउँसो भेटिएको शव शिवसतासी नगरपालिका–८, झिलझिले झापाका १८ वर्षीय कुमार तामाङ रहेको प्रहरीले जनाएको छ । मंगलबार दिनभर सुरक्षाकर्मी पहिरोग्रस्त क्षेत्रमा थप व्यक्ति रहेको हुनसक्ने आशंकामा खोजी कार्य गरेका थिए ।

सोमबार दिउँसो तानसेन–तम्घास सडकखण्डमा अविरल बर्षासँगै आएको पहिरोले एक ट्यांकर, बोलेरो जीप, मिनी ट्रक र कार बगाएको थियो । पहिरोले लु १ क १९२८ ट्यांकर, लु २ ख १३७६ नम्बरको ट्रक, लु १ च ७०११ कार र लु २ च ७०४३ नम्बरको पीकअप बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । दुर्घटनामा ट्यांकरमा ट्यांकरमा सवार २ जनाको घटनास्थलमै र एकको उपचारको क्रममा मृत्यु भएको थियो । 

पाल्पा जिल्ला सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा सिम्मोबारीमा पहिरो खसेको हो । यस सडक खण्डमा तानसेन नगरपालिकाले विस्तारको कार्य गरिरहेको थियो । पहिरोका कारण बन्द रहेको तानसेन–तम्घास सडक सुचारु भएको छ ।

प्रकाशित: ९ असार २०७७ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App