७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोले पार्किङ गरिराखेको बस पनि बगायो (अपडेट)

मृतक तीन जनाको सनाखत

पहिरोमा पुरिएका सवारी साधन। तस्बिरः मुक्ति/नागरिक

शुक्रबारदेखि परिरहेको अविरल वर्षासँगैको पहिरोले तानसेन नगरपालिका–१२,लुहुङमा पार्किङ गरिराखेको बस बगाएको छ। गएाति पार्किङमा राखेको लु १ ख ९९७१ नम्बरको बस माथिबाट खसेको पहिरोले बगाएको हो।  

बसको आधाभन्दा बढी भाग पुरेको छ। बसपार्किङ्ग गरिएको स्थानभन्दा १० मिटर तल खसेको श्रीनगर यातायात व्यवसायी प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतमले बताए। पार्किङ गरेर राखेको बस भएकाले मानवीय क्षति भने हुन नपाएको उनले बताए। पहिरोले बस पुरिएको र स्थानीय बासिन्दाले पहिरो हटाएर बस सुरक्षित गराउने प्रयास गरेको बताए।

मृतक ३ जनाको सनाखत

तीन दिनदेखिको अविरल वर्षका कारण आइतबार गएको पहिरोले ४ सवारी साधन बगाउँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा भरतपुर महानगरपालिका–२९ चितवनका ३३ वर्षीय बीरबहादुर गुरुङ, रिब्दीकोट गाउँपालिका–२, देउरालीकावर्ष ४३ काभुवनखाम्चा र पाँचखाल नगरपालिका–८, काभ्रेका वर्ष २८ कानिवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  

सोमबार दिउँसो तानसेन–तम्घास सडकखण्डमा अविरल वर्षसँगै आएको पहिरोले एक ट्यांकर, बोलेरो जीप,मिनीट्रक र कार बगाएको थियो। पहिरोले लु १ क १९२८ ट्यांकर,  लु २ ख १३७६ नम्बरको ट्रक, लु १ च७०११ कार र लु २ च ७०४३ नम्बरको पीक अप बगाएको जिल्लाप्रहरी कार्यालयका प्रहरी नायवउ परीक्षक मदन गिरीले बताए।

 दुर्घटनामा ट्यांकरमा ट्यांकरमा सवार २ जनाको घटनास्थलमै र एकको उपचारको क्रममा मृत्यु भएको हो। पाल्पा जिल्ला सदरमुकाम तानसेनदेखि ७किलोमिटर टाढा सिम्मोबारीमा पहिरो खसेको हो। यस सडकखण्डमा तानसेन नगरपालिकाले विस्तारको कार्य गरिरहेको थियो। अहिले पनि पहिरोका कारण तानसेन–तम्घास सडकपूर्ण रुपमा बन्द छ।

प्रकाशित: ९ असार २०७७ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App