८ वैशाख २०८१ शनिबार
समाज

पाटन नगरपालिका एक हप्ताको लागि सिल

बैतडीको पाटन नगरपालिका सिल गरिएको छ । कोरोना संक्रमित बढन थालेपछि सोमबारदेखि एक हप्ताको लागि नगपालिका क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख केशवबहादुर चन्दले बताउ । कोराना पोजिटिभको संख्या बढदै र संक्रमितहरू बजार क्षेत्रमा जथाभावी हिड्ने र भिडभाड बढन थालेपछि कोरोना रोकथाम तथा नियन्त्रणको लागि पाटन नगरपालिकाका सबै बजार क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । अतिआवश्यक सेवाबाहेक अन्य सेवा असार १५ गतेसम्म पूर्णरुपमा बन्द गरिएको बताइएको छ । अत्याआवशयक कामको लागि आवतजावत तथा किनमेल गर्नु परे सम्बन्धित वडाका वडाध्यक्ष कोभिड–१९ जोखिम नियन्त्रण समन्वय समितिको बैठकले तोकेका ब्व्क्तीहरुलाई सम्पर्क गर्न सकिने पनि नगरपालिकाले जनाएको छ ।

बजारक्षेत्र सिल गर्ने उक्त निर्णयको अवज्ञा गरी बजार तथा व्यवसाय सञ्चालन गरेको पाइएमा पहिलोपटक ५ हजार र दोश्रोपटक १० हजार  रुपैयाँ जरिवाना गर्ने निर्णयसमेत गरिएको छ । यसैगरी सिगास गाउँपालिका वडा नं. १ ले पनि वडा क्षेत्र सिल गर्ने निर्णय गरेको वडाध्यक्ष गगनसिंह धामीले बताए ।

पाटन नगरपालिकामा हालसम्म ८ जना संक्रमित रहेका छन् । तिमध्ये एक जना कोरोना संक्रमण निको भएर घर फर्किएको नगरपालिकाका स्वास्थ्य संयोजक मदनसिंह महराले बताए ।

प्रकाशित: ७ असार २०७७ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App