८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

खण्डग्रास सूर्यग्रहण सुरु

खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण अपरान्ह २ बजेर २३ मिनेटमा सकिनेछ ।  ३ घण्टा ३३ मिनेट अवधिको देखिने ग्रहण विश्वका विभिन्न मुलुकबाट वलय सूर्यग्रहण देख्न सकिनेछ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।  

काठमाडौं उपत्यकाबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने र नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने खगोलविद्हरुले बताएका छन् । खगोलविद्हरुका अनुसार दिउसो १२ बजेर ३८ मिनेटमा काठमाडौंबाट करिब ८८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिनेछ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने बताइएको छ ।

सूर्यग्रहण खाली आँखाबाट अथवा टेलिस्कोपको प्रयोग गरेर समेत अवलोकन गर्न हुँदैन । ग्रहण लागेको बेलामा हिमाल आरोहणमा प्रयोग गरिने विशेष खालको चस्माबाट मात्र अवलोकन गर्न सकिनेछ ।  

धार्मिक मान्यताअनुसार सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि र मकर राशि भएका मानिसहरुले हेर्न सक्नेछन् भने अन्य राशि भएकाले हेर्दा अशुभ हुनेछ । तर, खगोलविद्हरुले भने सूर्यग्रहण कसैले पनि सिधा हेर्न नहुने र सुरक्षित तरिका अपनाएर हेर्न हुने बताउँछन् ।

यो पनि पढ्नुहोस्

आज खण्डग्रास सूर्यग्रहण, कुन राशिलाई कस्तो प्रभाव ?

 

प्रकाशित: ७ असार २०७७ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App