६ वैशाख २०८१ बिहीबार
समाज

भारतबाट म्याग्दी आएका आमा–छोरामा कोरोना संक्रमण

नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टिनमा रहेका जिल्लाको रघुगंगा गाउँपालिका–२ भगवतीका आमा–छोरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।  

सीमा क्षेत्रबाट गत जेठ महिनाको २० गते बेनीमा ल्याइएको आमा–छोरीमा कोरोना देखिएको हो। आमा–छोरीसँगै १५ जनाको स्वाब जेठ २७ गते पिसिआर परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा चारजनामा कोरोना पोजेटिभ देखिएको छ। क्वारेन्टिनमा एउटै कोठामा रहेका आमा–छोरी सहित पिसिआर पोजेटिभ आएकालाई खुल्ला मञ्चस्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। ‘बालिकामा समेत कोराना देखिएको छ,‘स्वास्थ्य अवस्था समान्य छ’स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले भने।  

उनका अनुसार संक्रमित आमाछोरीको म्याग्दी आउने क्रममा सम्पर्कमा भएका ब्यक्तिको पहिचान र कन्ट्रयाक्ट ट्रेसिङमा भेटिएका आवश्यकता अनुसार स्वाब पठाइने बताए। ‘अब ट्राभल हिस्ट्रीको खोजी हुन्छ’ लम्सालले भने। म्याग्दीमा हालसम्म कम उमेरकोमा कोरोना नदेखिएपनि भारतबाट आएकामा कोरोना देखिएकाले त्रसित हुनुपर्ने अवस्था नभएको बताए। आइतबार विहान आमा छोरीबाहेक रघुगंगा गापा–३ पिप्लेका ३३ वर्षिय पुरुष र मंगला गापा–५ अर्मनका का २० बर्षिय पुरुषमा कोरना संक्रमण पुष्टी भएको थियो। म्याग्दीमा दुईजना निको भएर घर फर्किएका छन् भने संक्रमतिको संख्या ८ पुगेको छ। हालसम्म बेनी नगरपालिका १, मंगला गाउँपालिका ३, मालिका गाउँपालिका ३ र रघुगंगा गाउँपालिकामा समेत ३ जनामा कोरोना देखिएको छ।

 

 

 

 

प्रकाशित: ७ असार २०७७ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App