६ कार्तिक २०७७ बिहीबार
समाज

चरा अध्ययनले खुल्यो नयाँं तथ्य

राष्ट्रिय निकुञ्ज र घना जंगल क्षेत्रमा जस्तै कृषि क्षेत्र पनि नेपालका लेसर एडजुटेंट स्टाँंक चराका लागि महत्वपूर्ण बसोबास क्षेत्र रहेको अनुसन्धानले देखाएको छ । ख्वप कलेज देकोचा भक्तपुरका दुई जना छात्रछात्रा विजय महर्जन र रोशिला कोजूले संयुक्त रुपमा ६ महिना लगाएर गरेको अनुसन्धानले यस्तो तथ्य बाहिर आएको हो ।  

भारतका चराविज्ञ डा केएस गोपीसुन्दरको नेतृत्वमा कलेजका पूर्व एमएस्सी इन्चार्ज कमलराज गोसाईको सहयोगमा नेशनल ज्योग्राफीको एक शोध परयोजना अन्तर्गत गरेको असुन्धानले कृषि क्षेत्रमा पनि सजिलै यी चराहरु रहनसक्ने नयाँं तथ्य खुलेको हो । दुई विद्यार्थीले यी चराहरुको व्यवहारकाबारेमा ६ महिना अध्ययन गरेका थिए । उनीहरुले ६ महिनाकोवीचमा फरकफरक समयमा गरी दुई सय ५० घण्टा अवलोकन गरेका थिए । उनीहरुले नेपालको रुपन्देही र कपिलवस्तु जिल्लाका एक सय एक फरकफरक गुँंडका एक सय ६२ वटा बचेरा (ससाना चरा) को सुक्ष्म अवलोकन गरेका थिए ।  

भारतका चराविज्ञ डा केएस गोपीसुन्दरले विद्यार्थीको मेहनतको फलले संसारकै लागि एउटा सुनौलो तथ्य दिएको जनाए । उनले अव यी चराहरुलाई घना जंगलमै मात्र राख्नुपर्छ भन्ने परम्परादेखिको सोचाईमा परिवर्तन ल्याई कृषि क्षेत्रमा पनि उनीहरु वस्छ र उनीहरुलाई बचाउन सकिन्छ भन्ने नयाँं तथ्य सार्वजनिक हुन सफल भएको बताए ।  

ख्वप कलेजका पूर्व एमएस्सी इन्चार्ज एवं त्रिचन्द्र क्याम्पस घण्टाघर काठमाडौंका उपप्राध्यापक गोसाईले लामो समयको विद्यार्थीको अध्ययन अनुसन्धानले नयाँं तथ्य खुलेको जनाए । ‘अव हामीले यी चराको संरक्षणका लागि, चराको संख्या बृद्धिका लागि कृषि क्षेत्रमा उनीहरुका लागि केकस्ता नकारात्मक बातावरण बनिरहेका छन् त्यो पनि हेर्नुपर्छ, उनले भने, ‘अब हामी यी चराहरुको बास घना जंगलमात्रै हो भनी सोच्ने परम्परागत भनाईलाई सुधार गरी कृषि क्षेत्रमा पनि रहने बातावरण गर्नुपर्छ ।’  

यीे चराकोबारेमा गरिएको अध्ययन अनुसन्धानले यो लडाउनकोवीचमा यी चराहरु नेपालको लुम्विनीका कृषि क्षेत्रमा पनि रहेको देखाएको अनुसन्धान टोलीमा स.ल्गन भारतीय स्वाटी कितुरले जनाए । साथै यिनीहरु कपिलवस्तुका विभिन्न कृषि भूमिमा पनि सजिलै बसोबासमा रहेको देखाएको उनले सुनाए ।  

बताइए अनुसार यी चराहरु अहिलेसम्म राष्टिय निकुञ्ज अनि घना जंगलमा मात्रै वस्न सक्ने मान्यता छ । तर अनुसन्धानले नेपालको लुम्विनी क्षेत्र र कपिलवस्तुको कृषि क्षेत्रमा पनि यो प्रजातिका चराहरु धेरै रहेको जनाइएको छ ।  

यी चराहरुले आफूहरुलाई चाहिने खाना कृषिक्षेत्रका पीपल र सिमलको रुखमा गुँंड बनाएर वस्नु सक्छन् । साथै उनीहरुले किसानको धान बालीमा किटाणु, भ्यागुता, सर्प आदि खाएर त गहुँंबारीमा किराफट्यांग्रा आदि खाएर बाँंचेका हुन्छन् ।  

बताइए अनुसार अनुसन्धानपछि यसबारेको रिसर्च आर्टिकल पनि अन्तराष्टिय जर्नलमा प्रकाशित भएका छन् । अन्तराष्टिय जर्नल वाटर फल र वाटर विर्डस्मा यस सम्बन्धीका जर्नल आर्टिकल प्रकाशित भइसकको छन् । 

प्रकाशित: ५ असार २०७७ १९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App