६ वैशाख २०८१ बिहीबार
समाज

साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालावन्दी

आर्थिक वर्ष २०७७/७८ को वजेट वाडफाडको विषयलाई लिएर धनकुटाको सागुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा गाउँपालिका वडाध्यक्षहरुले तालावन्दी गरेका छन् । वजेट वाडफाड गर्ने सन्दर्भमा गाउँपालिकाको वैठकमा कुनै परामर्श एवम् दोहोरो छफलफल नगरी गाउँपालिकाको अध्यक्ष याखाले एककलौटी र निरंकुस बजेट बाँडफाँड गरेको बडाध्यक्षहरुले अरोप लगाएका छन् । 

गएको बर्ष प्रत्येक वडालाई ५० लाख रुपैयाँ बजेट दिएको थियो । यस पटक कोरोनाको कारण देखाउदै वडाको बजेट कटौटी गरेर २० लाख मात्र दिएको छ । त्यसैको विरोधमा तालाबन्दी गरेको वडाध्यक्षहरुले जारी गरेको ध्यानकर्षण पत्रमा उल्लेख गरेका छन् । गाउँपालिकाको वडा नं. ४ का वडाध्यक्ष खड्गवहादुर लिम्वु, वडा नं. ५ वडाध्यक्ष पलकवहादुर वस्नेत र वडा नं. ६ का वडाध्यक्ष यमप्रकाश मगरद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझाएर तालाबन्दी गरेका हुन् ।

बस्नेत र मगर नेपाली कांग्रेसबाट र लिम्बु संघीय समाजबादी पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन् । गाउँपालिका अध्यक्ष याखा कार्यालयमा नआएकाले उपाध्यक्ष विन्द्रा राईलाई उक्त पत्र वुझाईएको हो । सो निर्णय पुर्न विचार गरी सच्याउन माग गर्दै यदी निर्णय पुर्न विचार नगरिए धर्ना जुलुस प्रर्दशन गर्ने चेतावनी दिईएको छ ।

प्रकाशित: ५ असार २०७७ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App