coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विदेशबाट आएकामा कोरोनाको कडा लक्षण

एक साताभित्र  विभिन्न देशबाट नेपाल ल्याइएका कोरोना संक्रमितहरुमा कडा खालको लक्षण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार उनीहरुमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने लक्षणहरु छन्।  ‘अस्पतालमा आइपुग्दै कडा लक्षण सहित आइरहेका छन्’ उनले मंगलवार नागरिकसँग भने। उपचारपछि लक्षण घटिरहेको राजभण्डारीले बताए। निर्देशक राजभण्डारीका अनुसार यस अघि कडा लक्षण भएका विरामी भर्ना भएका थिएनन्।  

अस्पतालका प्रवक्ता डा. अनुप वास्तोलका अनुसार हालै कुवेत र दिल्लीबाट आएका विरामीमा कडा लक्षण देखिएको हो। उनको अनुसार  यस अघि फ्रान्स,दुवई  र चीनबाट आउनेमा पनि खोकी र श्वास फेर्न गाह्रो हुने लक्षण थियो। अस्पतालमा भर्ना भएका मध्येमा विदेशबाट आएकामा मात्र कडा लक्षण देखिएपनि यो रोगको स्वभाव नै कसैमा कडा र कसैमा सामान्य लक्षण देखिने भएकोले थोरैमा मात्र कडा लक्षण देखिएको डा.वास्तालाको भनाइ छ।  

अस्पतालका अनुसार सम्वन्धित देशले नेपाल पठाउनु अघि उपचार गरी पठाउनु पर्नेमा विना उपचार आइपुगेकोले कडा सहित आएको डा.राजभण्डारीले बताए।  

कुवेत र दुवईवाट कतिपय नेपालीहरु उपचारै विना आएको कोभिड १९ विपद व्यवस्थापन समितिका सदस्य महेन्द्र श्रेष्ठले बताए।‘कतिपयको स्वास्थ्य परीक्षण नै भएको छैन,उनीहरुमा लक्षण छ र सिधै विमानास्थलबाट अस्पताल पठाइयो’ उनले भने। प्रक्रिया अनुसार विदेशबाट आएका यात्रुको उपचार गरे/ नगरेको विवरण संकलन गरेपछि व्यवस्थापन गरिन्छ।  

विदेशबाट ल्याइएकालाई व्यवस्थापन गर्ने ९ वटा होल्डिङ सेन्टर’मा पठाइन्छ र होल्डिङ सेन्टरले यात्रुको स्थायी ठेगाना अनुसार आ–आफ्नो प्रदेशमा पठाउँछन्। प्रदेशले स्थानीय क्वारेनटाइनमा राखेपछि मात्र घर पठाउँछन्।  

 

 

 

प्रकाशित: २ असार २०७७ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App