१५ चैत्र २०८० बिहीबार
समाज

क्वारेन्टिनमा असुरक्षित महिला

कैलालीको लम्की चुहा नगरपालिकाका वडा नं. १ शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलामाथि भएको घटना ‘सामुहिक बलात्कार’ को विरोधमा सडकदेखि सदन सम्म आवाज उठेको छ। सरकारको व्यवस्थापन र निगरानीमा रहेको क्वारेन्टिनमा महिलामाथि भएको यो घटनाले गम्भीर प्रश्न उठेको छ। असुरक्षित क्वारेन्टिनमा महिलालाई किन राखियो ? सरकारको निगरानीमा रहेको क्वारेन्टिन भित्रै महिलालाई सामुहिक बलात्कार पर्नु को–को जिम्मेवार ? लगायतका प्रश्न उठेका छन्।

घटना यस्तो थियो

कलिलो उमेरमै बिहे गरेकी उनलाई छोडेर श्रीमानले भारतमा बिहे गरेर उतै वसे । दुई साना छोरा पाल्ने र हुर्काउने उनको काँधमा भार आयो। माईतीमा नै वसेर छोरालाई हुर्काईन। घरमै वसेर खर्च धान्न गाह्रो भएपछि दुई बर्ष अघि उनी बेंगलोर गईन। उनको श्रीमानले छाडेर भारततिरै बिहे गरेको १० बर्ष भैसकेको छ।  त्यहाँ उनले मजदुरी शुरु गरिन।  

गत बर्ष घर आएर एक महिना बसेर जेठमा पुन मजदुरी गर्न बेंगलोर गइन।  कोरोनाले सबैतिर बन्द भएपछि जेठ २० गते कैलालीको त्रिनगर नाका हुदै उनी घर फर्किन्। दुई छोरा वसेको माईतीको घर नजिकै बिद्यालयमा उनी क्वारेन्टिनमा बसिन। १४ दिनपछि सबैले घर पठाईयो। १२ दिन भएकाले उनले जान पाइनन्। श्रीमानसहित एक महिला अर्को कोठामा थिइन्। क्वारेन्टिनमा बस्दै आएको कोठामा एक्लै भइन। शनिबार राति झरी परेकोले जस्तापाताले छाएको कोठा भएकाले एकोहोर जस्तापाता बजेको चर्को अवाज सुनिरहेको थियो। चुक्कुल पनि नलाग्ने कोठको ढोकामा बेन्च लगाएर उनी सुतेकी थिइन्। 

ढोका खोलेपछि धकेल्दै अर्को कोठामा लगेर बलत्कार गरेको पिडित महिलाले बताएकी छन्। दुई जनाले बलत्कार गरेको अर्का एकजनाले लुकेर भिडियो खिचेका रहेछन । ती व्यक्तिले  भिडियो भाईरल बनाइदिने धम्ँकी सहित पैसाको वार्गेनिङ गरे। घटनाले तनावमा रहेकी उनले त्यतीवेला प्रतिकार गर्न सकिन्न। यो घटनाले तनवामा रहेकी उनी आईतबार  बिहान उठ्ने बित्तिकै भाईलाई फोन गरेर टाउको दुःखेको औषधि र आमालाई समेत ल्याएर आउन भनेर फोन गरिन्। 

‘बिहान मलाई दिदीले फोन गरेर आमालाई समेत ल्याएर आउन भनिन्’ उनले भने, ‘त्यहाँ गएर बुझ्दा दिदीलाई सामुहिक बलत्कार गरेको दिदीले रुदै सुनाईन।’ वडा कार्यालयले मासिक भत्ता दिएर उनीहरुलाई स्वयंम सेवक परिचालन गरेको हो। घटना थाहपाएपछि स्थानीयले बिरोधमा प्रदर्शन गरेका छन भने पिडित महिलाले ३ जनाका विरुद्ध बलत्कार गरेकोमा किटानी उजुरी दिएकी छन । 

पिडित महिलाको उजुरीका आधारमा प्रहरीले २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण बिक र १८ वर्षीय सर्जन बिकलाई पक्राउ गरेर जवरजस्ती करणी मुद्धा दर्ता गरेको कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले बताएको छ। अदालतवाट ७ दिनको म्याद थप गरिएको उनले बताए। घटनाको अनुसन्धान भैरहेकोले धेरै कुरा अहिले भन्न नमिल्ने उनले बताए।

क्वारेन्टिनमा महिला असुरक्षित

सुदूरपश्चिम प्रदेश शभाको बैठकमा सोमवार वोल्दै नेकपाका प्रदेश शभा सदस्य पुर्णा जोशीले क्वारेन्टिन भित्र महिलामाथि भएको घटना गम्भीर भएकाले सत्यतथ्य बाहिर ल्याउन छानविन गरिनुपर्ने बताइन् । सुदूरपश्चिममा बिभिन्न क्वारेन्टिनमा रहेका महिला समेत असुरक्षित रहेको उनले बताइन्। ‘डोटी,बझाङ, बैतडी लगायतका विभिन्न ठाउँमा क्वारेन्टिनमा बसेका महिलाले दुव्र्यवहार भएको भनेर फोन गरेका छन’ उनले भनिन् ।

क्वारेन्टिनमा बसेका महिलालले कोराना भन्दा पनि पुरुषवाट बढी असुरक्षित भएको गुनासो गरेका छन्। मापदण्ड विपरित बनाइएका क्वारेन्टिनमा महिलालाई छुट्दै राख्दा  पनि लमहिलाहरु असुरक्षित रहेका छन। बालबालिक, जेष्ठ नगारिक र महिलालाई अलग्नै व्यवस्थापन नगरि हुलमुलमा राख्ने गरिदाँ अन्य जोखिम पनि बढेको स्थानीय बताउँछन । सुदूरपश्चिम प्रदेशभरीमा प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १० हजार ५ सय २९ महिला क्वारेन्टिनमा छन्।

प्रकाशित: २ असार २०७७ ११:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App